नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरूको निम्ति खतराको घण्टी भएको टिप्पणी गर्नुभएको छ ।
आज बिहीवार प्रतिनिधि सभा बैठकका लागि संसद् भवन बानेश्वर पुग्नुभएका सचिव ज्ञवालीले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले कांग्रेस, एमाले लगायतका ठूला दलहरूलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरूको निम्ति खत’राको घण्टी भएको बताउनुभएको हो ।
त्यसैगरी सचिव भट्टराईले सत्ता गठबन्धनले एमालेका वि’रुद्ध राज्यस’त्ताको दुरुप’योग गरेको आ’रोप लगाउनुभयो । गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएकोमत परिणाम निराशाजनक नभएको उहाँले बताउनुभयो ।
पार्टी हार्नुको कारण उम्मेदवार छनोटमा कमजोरी हुनु रहेको उहाँको भनाइ छ । कतिपय ठाउँमा पार्टीलाई जिताउन नलागी वि’रोधीहरूलाई जिताउन साँठगाँठ गरिएको पनि उहाँले बताउनुभयो ।
सचिव भट्टराईले भन्नुभयो, ‘यस पटकको चुनावमा एमालेको वि’रुद्धमा गठबन्धन बनाइयो, त्यसले राज्यसत्तालाई एमालेका वि’रुद्ध दुरु’पयोग गरियो । यो परिस्थितिमा एमालेले ल्याएको परिणाम निराशाजनक होइन ।’

