नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बोलाएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजे बैठक बस्ने गरी आह्वान गरिएको हो ।
बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको नि’धनमा शो’क प्रस्ताव पारित गरिने शर्माले बताए । जोशीको उपचारका क्रममा शुक्रबार राति म’स्ति’ष्कघातका कारण नि’धन भएको थियो । गत फागुन १४ देखि काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको नि’धन भएको हो।
केन्द्रीय कार्यसमितिको बैठकबाट शो’क प्रस्ताव पारित गरेपछि जोशीको पा’र्थिव शरीरलाई श्र’द्धा’ञ्जली दिने कार्यक्रम रहेको छ । श्र’द्धा’ञ्जलीका लागि उनको पार्थिव शरीरलाई दिउँसो १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने प्रवक्ता शर्माले बताए ।