आइपीओ जारी गर्नुपुर्व नै सर्वोत्तम सिमेन्टले आईपीओ निष्कासन गरेको ३ महिना भित्रै ३५ प्रतिशत लाभांश दिने विषयमा धितोपत्र बोर्डसंग आवश्यक निर्णय गरिने भएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको सम्वाद कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी निर्देशक निरज गिरीले आइपीओ निष्कासन गर्नुपूर्व नै लाभांश घोषणा गर्ने विषय नै ठिक नभएको बताएका छन् ।
कार्यकारी निर्देशक गिरीलेका अनुसार “त्यसलाई नाजायज भन्न मिल्दैन, हाम्रो निगरानीमा राखेका छौँ, आईपीओ निष्काशनको तयारी गरिरहेको कम्पनीले लाभांश बाढ्छु भन्नु ठिक होइन, यो विषय हाम्रो राडारमा छ, आवश्यक निर्णय लिइनेछ, आइपीओको हकमा त्यसरी विज्ञापन गर्न पाईँदैन भन्ने हो ।”
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता सेयर आईपीओ निष्कासन गर्दैछ । कुल निष्कासन हुने साधारण सेयरमध्ये २४ लाख कित्ता संस्थागत लगानीकर्तालाई, ८ लाख कित्ता स्थानीय जिल्लावासीलाई र २८ लाख कित्ता कम्पनीका कर्मचारी र अन्य सर्वसाधारणलाई छुट्याइने छ ।