कुनै समय देश बनाउने सफल व्यक्तित्व, उज्यालोका नायक भनेर चिनिएका वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरमाथि मा’फियासँग मिलेर नीतिगत भ्र’ष्टाचारमा संलग्न भएको आरो’प लागेको छ ।
आज प्रकाशित आर्थिक दैनिकमा प्रकाशित समाचार अनुसार अर्थमन्त्री शर्माले यसअघि विष्णु पौडेलको पालामा तीन अर्बभन्दा बढि घु’स सेटिङमा लाईसेन्स दिएको हिमालयन रिसँग मिलेर सरकारी कम्पनीको तीन अर्ब व्यवसाय खोसेर निजि कम्पनीलाई दिएका छन् ।
माफियाहरुले सञ्चालन गरेको हिमालयन रि नामक कम्पनीसँग अर्थमन्त्री शर्माको नाम जोडिएपछि उज्यालोका नायकको व्यक्तिगत छविमाथि गम्भिर प्रश्न चिन्ह उठ्न पुगेको हो ।
बीमा समितिमा बढ्दो राजनीतिक हस्तक्षेपमा अर्थमन्त्री शर्मा रमिते बनेका कारण पनि उनको आगामी यात्रा थप कठिन बन्ने देखिएको छ । रोचक कुरा के छ भने वर्तमान गठबन्धन सरकारले तथा’नाम गा’ली गर्ने ओली नेतृत्वको पालामा भएको सबैभन्दा ठूलो भ्रष्टा’चार का’ण्डमा अर्थमन्त्री शर्मा हिस्सेदार बन्न पुगेका छन् ।


