ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ । आईपीओको बाँडफाँड इन्स्योरेन्सको केन्द्रिय कार्यलय, ज्ञानेश्वरमा आज (शुक्रबार) भएकाे हाे ।
कम्पनीले फागुन २१ गते, शुक्रबारदेखि फागुन २६ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो ।
निष्काशित आईपीओमध्ये कम्पनीले ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेकाे ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएकाे थियाे ।
कम्पनीकाे आईपीओमा १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको थियाे । जसमध्ये, ४४ हजार ६ सय ४५ जना आवेदककाे आवेदन रद्द भएकाे थियाे । जसमध्ये ४१ हजार ७०३ जना आवेदकको आवेदन सी-आस्वाबाट रद्द भएको छ ।
बाँकी २ हजार ९४२ जना आवेदकको आवेदन अयोग्य भएका कारण रद्द गरिएको कम्पनीले जनाएको छ । ४४ हजार ६ सय ४५ जना आवेदककाे २५ लाख ८६ हजार ६६० कित्ता सेयर रद्द भएको हो ।
कम्पनीको आईपीओमा परेको आवेदनमध्ये १७ लाख ९७ हजार ८ सय ३५ जना मात्र योग्य आवेदक रहेका थिए । गोलाप्रथाबाट गरिएको बाँडफाँडमा ५ लाख ९४ हजार आवेदकले १० कित्ताका दरले ५९ लाख ४० हजार कित्ता आईपीओ हात पर्न सफल भएका छन् ।