भारतीय टोलीका ब्याट्सम्यान रोहित शर्मा र शिखर धवनले एकदिवसीय क्रिकेटमा ५ हजार रनको साझेदारी पूरा गरेका छन् । आइतबार इङ्ल्याण्ड विरुद्धको तेस्रो एक दिवसीय खेलपछि ५ हजार भन्दा धेरै रनको साझेदारी बनाएका हुन् । पुनेस्थित महाराष्ट्र क्रिकेट मैदानमा अहिले खेल भइरहेको छ ।
यस खेलमा इङ्ल्याण्डविरुद्ध ओपनिङ ब्याटिङमा आएका रोहित र शिखरले खेलमा १०३ रनको साझेदारी गर्दै दुईजनाको साझेदारी ५०२३ पुर्याएका छन् । एक दिवसीय अन्तर्राष्ट्रियमा ५ हजारभन्दा बढी रहनको साझेखारी गर्ने रोहित र धवन सातौँ जोडी हुन् ।
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रनको साझेदारी गर्ने रेकर्ड भारतीय टोलीका पूर्व खेलाडीहरु सचिन तेन्दुलकर र सौरभ गाङ्गुलीको नाममा छ । यी दुईले ८२२७ रनको साझेदारी गरेका छन् । त्यसपछि दोस्रो धेरै साझेदारी गर्नेमा श्रीलंकाका दुई भेट्रान ब्याट्सम्यान कुमार सांगाकारा र महेला जयबर्दने हुन् । यी दुईले ५९९२ रनको साझेदारी गरेका छन् ।