तारा एयरको एक विमान सम्पर्कविहीन भएको छ । पोखराबाट जोमसोमतर्फ उडेको विमान बिहान ९ बजेर ५५ मिनेटमा उडेको हो । विमान सम्प र्कविहीन भएको र थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बिहान उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियो । १९ यात्रु बोकेको जहाजका पाइलट प्रभाकर घिमिरे रहेको बुझिएको छ ।
पोखराबाट जोमसोमतर्फ १९ यात्रुसहित उडेको तारा एयरको जहाज मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा दुर्घ टना भएको आशंका गरिएको छ । यद्यपी कास्की प्रहरीका एसपी रमेश थापाले भने सम्पर्कविहीन भएको जहाज खोजी भइरहेको बताएका छन् ।
विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेको यति एयरलाइन्सले जनाएको छ । तारा एयरको ९ एन(एइटी जहाज क्याप्टेन प्रभाकर घिमिरले उडान भएको थिए ।
चालकदलका सदस्य इताशव घिमिरे र किश्मी थापासहित सो जहाज ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको थियो ।

