नेपाली कांग्रेसले म्यानमारमा सैनिक सरकारले नागरिक प्रदर्शनमा दमन गरेको भन्दै विरोध जनाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आईतबार एक विज्ञप्ति जारी गर्दै सैनिक सरकारका गतिविधि अमानवीय भएको जनाएका छन् ।
म्यानमारमा सैनिक सरकारले पछिल्ला केही दिनयता नागरीकमाथी अन्धाधुन्द गोली चलाएर दमन गरिरहेको छ । सैनिक सरकारको दमनको संसारभर आलोचना भइरहेको छ । प्रवक्ता शर्माले जनतामाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न,
लोकतन्त्रवादी नेतृ आङ साङ सुकीलगायत सबैलाई रिहाइ गर्न माग समेत गरेका छन् । उनले लोकतन्त्र पुनःस्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीब्र दवाब बढाउन आवश्यक देखिएको उल्लेख गरेका छन् ।
चीनले दिएको कोरोना खोप लिन बेइजिङ उड्यो वाइडबडी : चीनले नेपाललाई दिएको कोरोना खोप लिनका लाथि नेपाल वायुसेवा निगमको जहाज बेइजिङ प्रस्थान गरेको हो । नेपाल वायुसेवा निगम को वाइडबडी ३३० जहाज आइतबार साँझ .बेइजिङ उडेको हो । सरकारको निर्णयअनुसार कोभिड–१९ खोप लगायतका सामग्री लिनका लागि वाइडबडी जहाज गएको हो ।
यही चैत १ गतेको बसेको मन्त्रिपरिषद् बैठकले चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम चीनले दिएको आठ लाख डोज कोरोना खो लिन निगमको जहाज बेइजिङ गएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए ।
निगमको पूर्वनिर्धारित उडान तालिकाअनुसार साँझ ५ः३० बजे काठमाडौ बाट बेइजिङ प्रस्थान गरेको छ । सोमबार बेइजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ । सोमबार राति ८ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जहाज आइपुग्ने निमगले जनाएको छ ।