केही समयदेखि स्थिरप्राय रहेकाे नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे शेयर मूल्य हिजाेबाट उकालाे लाग्न थालेकाे छ। हिजाे बुधबार ५८१ रूपैँया प्रतिकित्ता पुगेर बजार बन्द भएकाे याे कम्पनीकाे मूल्य आज साताकाे अन्तिम काराेबार दिन ६०८ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।
केही समयअघि लण्डन स्टक एक्सेचेन्जमा ३० मिलियन डलरकाे बाेण्ड जारी गर्ने विषयमा नेप्सेले साेधेकाे स्पष्टिकरणमा निफ्राले सकारात्मक जवाफ दिएकाे र याे आर्थिक वर्षभित्रै ८ प्रतिशतकाे हाराहारीमाे लाभांश वितरण गर्ने उद्देश्य रहेकाे बताएपछि लगानीकर्ता उत्साहित भएका हुन् ।
प्राविधिक विश्लेषणका आधारमा कम्पनीकाे अवस्था राम्राे रहेकाे हल्ला बजारभरि चलेपनि केही समयदेखि कम्पनीकाे शेयर मूल्य भने स्थिर रहेकाे थियाे ।
८ अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक : नेपाल राष्ट्र बैंकले ८ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल वैशाख १४ गते परिपक्क हुनेछ ।
यसैगरी, बैंकले ९१ दिनकाे अवधिकाे लागि १० करोड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल असार १५ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि ३ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे ।
उक्त ट्रेजरी बिल २०७८ साल असाेज १२ गते परिपक्क हुनेछ । राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल भाेलि (चैत्र १६ गते, साेमबार) दिउँसो ३ बजे बोलकबाेल भएर पर्सी (चैत्र १७ गते, मंगलबार) बिक्री हुनेछ ।