टायरमा समस्या देखिएपछि त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ ।
आज बिहान १० बजेर ४३ मिनेटमा भद्रपुरका लागि उडेको जहाज बीचबाटै फर्किएको हो ।
फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।
विमानमा ६९ जना यात्रु सवार थिए । जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको छ ।
यो पनि,
राजेन्द्र लिङ्देनको टिप्पणी- बजेट चुनाव केन्द्रित छ, कार्यान्वयनको कुनै सम्भावना छैन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेटले जनताको जीवनमा कुनै परिवर्तन ल्याउन नसक्ने टिप्पणी गरेका छन् ।
बुधबार संसद बैठकमा आर्थिक वर्ष २०७९-८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष लिङ्देनले बजेट महँगी नियन्त्रण गर्नेतर्फ उन्मुख नभएको पनि आरोप लगाए ।
‘यो बजेटले हाम्रो जीवन परिवर्तन गर्न सक्दैन । यसले देशलाई संकटतर्फ जानबाट पनि रोक्दैन र महँगी नियन्त्रण पनि गर्न सक्दैन, ‘उनले भने ।
लिङ्देनले बजेट चुनाव केन्द्रित भएको पनि टिप्पणी गरे । उनले यो बजेट पनि परम्पराभन्दा माथि उठ्न नसकेको बताए । ‘यो बजेट पनि परम्पराभन्दा माथि उठ्न सकेको छैन ।
यसको कार्यान्वयनको कुनै सम्भावना छैन,ु उनले भने, ‘कार्यान्वयनको बेला आउँदासम्म चुनाव र अर्को सरकार आइसक्छ । त्यसैले यो बहसका लागि बहस मात्रै हुन्छ ।’

