प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा ुमैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छुु भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको छ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति संकेत गर्दै तत्काल वाम एकता सम्भव छैन, अहङ्कारीले गठबन्धन तोड्न भ्रम मात्र फैलाइरहेका छन्’ भनेका छन् ।
सुर्खेतमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले एकीकृत समाजवादी, नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच तालमेल हुने हल्ला मात्रै भएको बताएका हुन् ।
अहिले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको नेपालको भनाइ थियो। ‘अहं कारी र षड्य’न्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रमहरू फौलाइरहेका छन् ।
हामी कम्तीमा केही महिनापछि हुने प्रतिनिधिसभासम्मको निर्वाचनसम्म गठबन्धन तोड्न दिनेछैनौँ,’ अध्यक्ष नेपालले भने ‘हामीमा कुनै पदको लालसा छैन ।’
नेपालले स्थानीय तह निर्वाचन परिणामलाई समीक्षा गर्दै आफ्नो पार्टीले सम्मानजनक हैसियत प्राप्त गरेको बताउनुभयो, भन्नुभयो– ‘नेकपा एकीकृत समाजवादीलाई यो सम्मान प्रदान गरेकोमा मतदाता जनताप्रति हार्दिक आभार प्रकट गर्दछु ।’
‘आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनसम्म अहिलेकै वाम–लोकतान्त्रिक गठबन्धनले निरन्तरता पाउनेछ’, नेपालले भन्नुभयो– ‘कतिपय पालिकामा चुनाव चिह्नको अस्पष्टताले गर्दा सिट गुमाउनुप¥यो, तर पनि अन्तिमसम्म प्रयास गर्ने नेता तथा कार्यकर्ता र आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई म बधाई दिन चाहन्छु ।’
दुई–दुई पटकसम्म प्रतिनिधिसभा भंग गरेका कारण प्रतिगमनकारीको आरोप खेप्दै आएका पूर्वप्रधानमन्त्री ओलीले स्थानीय निर्वाचनको एक साताअघि ग्यालेक्सी टेलिभिजनमा वरिष्ठ पत्रकार विजयकुमार पाण्डेलाई अन्तर्वार्ता दिँदै आफूले चाहे सत्ताधारीहरूको गठबन्धन तोड्न एक साता पनि नलगाउने चेतावनी दिनुभएको थियो ।
स्थानीय निर्वाचनमा पहिलो ठूलो दल बन्ने ओलीको अपेक्षा सत्ताधारी गठबन्धनकै कारण दोस्रो ठूलो दलमा सीमित भएपछि उहाँकै तर्फबाट नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम गठबन्धन गर्न पहल भएको बताइन्छ । यद्यपि, एमालेले आधिकारिक रूपमा यस प्रकारको प्रयासका सम्बन्धमा कुनै धारणा सार्वजनिक गरेको छैन ।
स्थानीय तह निर्वाचनको परिणामलाई लिएर अध्यक्ष ओली खुसी नरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाबी गर्नुभएको छ । ‘सार्वजनिक मन्तव्यमा जे भने पनि स्थानीय तहको निर्वाचनले एमालेलाई आगामी दिन सहज छैन भन्ने परेको छ’, विजयी उम्मेदवारलाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले बुधबार भन्नुभयो– ‘मुखले जे भने पनि, भाषणमा जे भने पनि मन त रोएकै छ भन्ने थाहा पाइन्छ ।’
एमालेका नेताहरू आगामी दिनमा गठबन्धन हुने हो कि होइन भन्नेबारे सहज अवस्थामा नरहेको दाहालको दाबी थियो । ‘चैनमा त छैनन् नि एमाले अहिले’ भन्दै ओलीले स्थानीय तह निर्वाचन प्रचारका क्रममा माओवादी वैशाख ३० गतेपछि गुगलमा मात्रै भेटिने भनेर दिएको अभिव्यक्तिलाई पनि प्रचण्डले स्मरण गर्नुभएको थियो ।
कांग्रेस नेतृत्वको गठबन्धनमा आफू प्रतिबद्ध रहेको जनाउँदै दाहालले माओवादीलाई हल्का रूपमा नलिन आग्रह गर्नुभएको छ, र गठबन्धन संघीय निर्वाचनमा पनि कायम रहने बताउनुभएको छ, ‘यो गठबन्धन लिएरै जाने हो । संविधान, लोकतन्त्र, राष्ट्रियताको रक्षाको निम्ति भनेर गठबन्धन गरेको हो ।’तर, अध्यक्ष प्रचण्डले सत्ताधारी गठबन्धनको अगुवा भएर सरकारको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसप्रति पनि आलोचना गर्नुभएको छ ।
‘नेकामा अहंकार नआओस् । उसले टेकन फर ग्रान्टेड ग(यो, माओवादी केन्द्रलाई अन्डरस्टिमेट ग¥यो भने समस्या आउन सक्छ’ –उहाँले वाम गठबन्धनको विकल्पको ढोका बन्द नभएको संकेत पनि गर्नुभयो ।
‘स्थानीय तह निर्वाचनपछि ओलीले आत्मसमीक्षा गर्ने ठानेको थिएँ तर त्यसो भएन’, दाहालको भनाइ थियो– ‘निर्वाचनको परिणाम आएपछि त एमालेको मूल नेतृत्वमा चेतना आयो होला, अलिअलि आत्मसमीक्षा गर्ने चेतना भयो होला भन्ठानेको त प्रतिनिधिसभामा तीन घण्टा अरूलाई गाली गरेरै सके ।’
माओवादीले जस्तो हामी कसैको वैशाखी टेक्दैनौं भन्ने ओलीलाई ‘मैले पनि भन्नै प¥यो, तिमी कसको वैशाखी टेकेर दुईचोटि प्रधानमन्त्री भएका थियौ रु आफ्नो अनुहार ऐनामा हेर्न परेन रु’२०७४ को निर्वाचनमा राष्ट्रिय हित र कम्युनिस्ट आन्दोलनका लागि पार्टी नै एकता गर्दा त्यसको दुरूपयोग भएको दाहालको भनाइ थियो ।
दुरूपयोगको सम्भावना जहाँको त्यहीँ रहेका कारण अहिले वाम एकता वा गठबन्धनको सम्भावना नरहेको नेपाल–दाहाल दुवैको आशय देखिन्छ ।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।