नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार गरेको दाबी गरेकी छन्।
बालेनले रूटिन अफ नेपाल बन्दलाई कन्सल्टेन्सीका रूपमा प्रयोग गरेको आरजुको भनाइ छ। सोमबार पोखरामा नेपाल तरूण दलले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजुले स्वतन्त्रहरूले एउटा(एउटा गुण पहिचान गरेर जित्न सफल भएको बताइन्।
‘अहिले जति पनि स्वतन्त्रले जितेका छन् नि, उनीहरू एउटा(एउटा गुण पहिचान गरी नेता बनेका हुन्,’ उनले भनिन्, ‘म ओपन्ली त भन्न चाहन्न, तर सोसल मिडिया रूटिङ अफ नेपाल बन्द बालेनले कतिमा ‘हायर’ गर्नुभयो ?’
देउवालाई दुई महामन्त्रीको सुझाव स् एसपीपीको च्याप्टर क्लोज गर्नुस्
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी०को च्याप्टर क्लोज गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति समेत रहेका देउवालाई भेटेर महामन्त्रीद्वयले यस्तो आग्रह गरेका हुन्। एसपीपीमा नेपाल आवद्ध हुन नसक्ने भनी अमेरिकालाई पत्राचार गर्न महामन्त्रीद्वयले देउवालाई आग्रह गरेका थिए।
‘एसपीपीको च्याप्टर क्लोज गर्ने हिसाबले सरकारले पत्रचार गरोस् भने सुझाव दिएका छौं,’ महान्त्री शर्माले भने। अमेरिकी सेनाको एसपीपी कार्यक्रमका कारण नेपालमा विवाद भइरहेको छ।
प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको चर्चा भइरहँदा एसपीपीले विवाद निम्त्याएको छ। तर, परराष्ट्रमन्त्री डा। नारायण खड्काले एसपीपीमा नेपाल सहभागी नहुने प्रतिवद्धता जनाएका छन्। सत्ता गठबन्धनको बैठकमा समेत देउवाले एसपीपीमा नेपाल आवद्ध नहुने बताएका थिए।
महामन्त्रीद्वयले देउवासँग नीति महाधिवेशन, भातृ संस्थामा तदर्थ समिति गठन, केन्द्रीय समितिको बैठक लगायत विषयमा समेत छलफल गरेका छन्।

