काठमाडौं । सोमबार राष्ट्रिय सभा गृहमा भएको बैठकमा काठमाडौं महानगरपालीकाका मेयर बालेन्द्र शाहलाई काठमाडौं उपत्यकाका मेयरहरूले फोहोर व्यवस्थापनमा सहयोग गर्ने बताएका छन् । फोहोरमैलाको दिगो व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले नेतृत्व लिनुपर्ने र आफुहरुले फोहोर व्यवस्थापन सहयोग गर्ने बताएका हुन् ।
उनीहरूले काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)ले अघि सारेको फोहोर छुट्याउने योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । त्यसका लागि आफूहरूले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

काठमाडौं महानगरले साउन १ गतेदेखि फोहोरको स्रोतमै जैविक र अजैविक फोहोर छुट्याउनुपर्ने योजना ल्याएको छ । घरमै कुहिने र नकुहिने छुट्याउनेपर्ने जनाएको छ । कुहिने र नकुहिने फोहोर नछुट्याउनेलाई कारबाही गर्ने महानगरले जनाएको छ । यसमा अन्य मेयरले पनि सहमति जनाएका हुन् ।
बैठकमा मेयर साहले ल्यान्डफिल साइट पुग्ने सडक निर्माणका लागि सडक विभागसँग समन्वय भइरहेको बताए । काठमाडौंको फोहोर व्यवस्थापनका लागि सबै स्थानीय तहका जनप्रतिनिधिले सहकार्य गर्नुपर्न शाहको भनाइ थियो । – फाइल तस्बिर

