नेपाली कांग्रेसका नेता गुरु घिमिरेले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट ठुलो ‘ब्लन्डर’ गल्ति भएको बताएका छन् ।
लोकतान्त्रीक अभ्यासबाट आएका नेताहरु तानाशाही शासकको रुपमा परिणत भएकोले आज नेपाली राजनीति लोकतन्त्र र कुलीनतन्त्रमा परिणत भएको बताएका छन् ।
पार्टी सभापतिलाई सुझाव दिने नजिकको सल्लाहकार सबै भन्दा ठुलो सहयोग गर्ने महामन्त्रीहरु भएपनि सभापतिले आफनै कारणले काम गर्न नसकेको उनले बताए ।
उनले भने, सभापतिलाई अझै पनि मौका छ होईन । एउटा गल्ति त भैसक्यो ठुलो ‘ब्लन्डर’ भैसक्यो इतिहासमा अंकित हुने गरी गल्ति भैसक्यो ।
सभापतिले विगतको कार्यशैली पुनरावृति भएकोले आफुले के गर्नु पर्छ रु मेरो जिम्मेदारी के हो रु भनेर बुझनु पर्ने अरुलाई दोष दिनु नहुने बताएका छन् ।
शेरबहादुर देउवाले अहिले गरेको काम र चालेको कदमहरुले संविधानको मर्ममा धक्का पुग्ने र भोली यो ‘सिस्टम’मै राजनीति प्रणाली तलमाथि हुने बाटो तिर नजानको लागि सचेत हुनुपर्ने उनले बताए ।
राष्ट्र बनाउने प्राथामिकता समकालीन राजनीतिमा नदेखिएको र राजनीतिको केन्द्र बिन्दु भनेको जनता भएको बताए ।
पार्टीको शीर्ष नेताहरुले आफनो निर्वाचन क्षेत्र नयाँ पुस्ताको लागि छोड दिनुपर्ने र संसदीय निर्वाचन दुई पटक भन्दा लडनु नहुने हारे पनि जिते पनि छोडनु पर्ने उनको भनाई छ ।
पार्टीको सभापति प्रधानमन्त्रीले अब प्रधानमन्त्री बन्न नहुने, आगमी निर्वाचनबाट प्रधानमन्त्री बन्दिन भनेर भने पछि पार्टी भित्र नयाँ जागरण पैदा हुने भएकोले पाँच पटक प्रधानमन्त्री भएकोले गर्दा अब उमेर पनि अभिभावकीय भुमिका निर्वाह गर्ने ठाउँमा पुगेकोले गर्दा अब आउने संसदीय निर्वाचनमा अरु कसैलाई प्रधानमन्त्री बनाएर राज्य सञ्चालनको जिम्मेवारीमा अरुलाई नै अगाडी सारेर पार्टीको सभापति भएपनि प्रधानमन्त्री नभइ बसेमा पार्टी भित्र राम्रो हुने र राम्रो परिणाम आउने बताए ।

