कांग्रेस सभापतिसमेत रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले शक्तिमा आएपछि, सुरक्षा निकायलाई गिजोल्ने बानीले सुरक्षा निकाय स्वतन्त्र हुन सकेको छैन । ०४८ मा गृहमन्त्री हुँदा मोतीलाल बोहोराका लागि रत्नसमशेर राणामाथि अन्या यदेखि अहिले पाँचौंपटक प्रधानमन्त्री हुँदाको अत्या’चारको फेहरिस्त निकै लामो छ ।
उनका स्वकीय सचिव भानु देउवाको ज्वाइँ परेकै कारण अघिल्लो वरियताका थुप्रै एसपीलाई पन्छाउँदै अघिल्लो महिना दीपेन्द्र कुँवर सशस्त्रको एसएसपीमा बढुवा भए, अब छिट्टै डिआइजी बन्दै छन् । यो बढुवा नसेलाउँदै भर्खरै राष्ट्रिय अनुसन्धान विभागमा एआइजीको दरबन्दी सुपक्षेका निम्ति थपिएको छ ।
नेपालका सुरक्षाकर्मीलाई कति हैरान छ भने, ओली प्रधानमन्त्री हुँदा झापाली र पूर्वेलीको कल्याण हुने, शेरबहादुर आउँदा सुदूरपश्चिमकाले मात्रै स्वाद लिने ! बर्दी धारीहरू प्रश्न गर्दै छन्, ‘देशलाई चाहिँ कसले हेर्ने ?’
जसरी ०७४ को चुनावी मुखैमा प्रहरीको आइजीका निम्ति नवराज सिलवाल र जयबहादुर चन्दलाई भि डाउँदा देउवा मात्र हैन, सिंगो कांग्रेस पार्टी ब’द्नाम भयो । यसचोटि पनि चुनावकै मुखमा त्यस्तो खेल भएको छ । अनि, उनी नै हो– ०७४ मा सशस्त्र एआइजीको दरबन्दी १५ पु¥याएर पदलाई सस्तो बनाउने पनि ।
यद्यपि, त्यो निर्णयलाई उनीपछिको ओली सरकारले कार्यान्वयन गरेन । दार्चुलास्थित सशस्त्रको ४४ नं. गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेशसिंह साहुले गणपति त्रिभुवन विष्टले रासनमा गरेको अनियमित ताबारे खु’लासा गरे । कार’बा ही हुनुपथ्र्यो एसपीमाथि । तर, हवल्दारलाई जे’ल पठाइयो । कारण थियो, आरोपित एसपी बिष्ट देउवाका खास मान्छे हुनु ।
तर, हालसालै सशस्त्र प्रहरी ४४ नम्बर गण दार्चुला खलंगाका गणपति त्रिभुवन विष्टमाथि छानबिन सुरु भएको छ । विष्टलाई हेडक्वार्टर तानेर छा’नबिन सुरु गरेको छ । उनलाई केही दिन पहिले नै हेडक्वार्डर झिकाइएको हो ।
एसपी विष्टलाई गणको जिम्मेवारीबाट हटाएर छा’नबिन भइरहेको छ । यसअघि नै विष्टलाई सशस्त्रको ७ नम्बर बाहिनीले स्पष्टीकरण सोधेको थियो । बाहिनीबाट स्पष्टीकरणसहितको सम्पूर्ण फाइल हेडक्वाटर झिकाइएको हो ।
एसएसपी पुरुषोत्तम थापाको कमाण्डमा छान’बिन समिति गठन गरिएको होे । यसअघि एसपी विष्टले रासनमा घोटा’लासम्बन्धी सूचना चुहाएको आ’रो पमा सशस्त्र प्रहरी बल नम्बर २५ चण्डीका गण पर्वत दरबन्दी भई हाल सशस्त्र नम्बर ४४ गण दार्चुलामा कार्यरत वरिष्ठ हवल्दार नरेश सिंह साहुमाथि कार’बाही अगाडि बढाइएको थियो ।

