पूर्व प्रधानमन्त्री माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादीलाई धक्का लागेको छ । पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रमबहादुर शाहीले पार्टी परित्यागको घोषणा गरेका छन्।
पार्टीको सातौं स्थायी कमिटी बैठकले शाहीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको थियो। विगत ५/६ महिनादेखि पार्टी काम छाडेर निष्क्रिय रहेको भन्दे आजबाट कुनै दलसँग आवद्ध नरहेको घोषणा शाहीले गरेका छन्।
सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन्, ‘२०५४ सालमा वामदेव‘फुट्बाट पनि शक्ति प्राप्त हुन्छ’ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिँदै उनको पछि लागे। गत वर्षपनि पुनर्गठनका नाममा माधव नेपालको नेतृतवमा पार्टी विभाजन भयो त्यसको पछाडि लाग्नेमा म पनि थिएँ।’
पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँ’जीवादीहरुलाई मात्रै फाइदा पुर्याएको शाहीको विश्लेषण छ। ‘पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरुको नै फाइदा पुर्यायो,’ शाहीले भनेका छन्, ‘त्यसवापदको प’छुतो र आत्मग्लानि भएको छ।’
उनले आजको मितिबाट कुनै दलसँग आवद्ध नभएको घोषणा गरेका छन्। ‘विगत ५र६ महिनादेखि नै पार्टी काम छाडेर निष्क्रि’य रहेको अस्वस्थ थियो भने आजका मितिदेखि म कुनै दलसँग आवद्ध नरहेको घोषणा गर्दछु,’ शाहीले भनेका छन्।
एकीकृत समाजवादीले ९ भदौमा पार्टी पुनर्गठन दिवस मनाउँदै छ। पार्टीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रूपमा मनाउन लागेको हो।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा पुनर्गठन दिवस मनाउने तयारी गरिएको छ।

