काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई आफ्नै उपमेयर सुनिता डंगोलको साथ मिल्न छोडेको छ । पछिल्लो केहीदिनयता महानगरभित्रका अना’धिकृत संर’चना भत्काउने ३५ दिने सूचना सकिएपछि बालेन एक्सनमा छन् । तर, अन’धिृकत संरचना भ’त्काउने अभियानप्रति उपमेयर सुनिता डंगोल असन्तुष्ट छिन् ।
पार्किङका लागि भनेर नक्सा पास गरिएका तर, व्यापारिक प्रयोजनमा ल्याइएका नक्सा पास नै नगरी मापदण्डविपरीत बनाइएका घर/टहरा भ’त्काउने अभियानलाई महानगरले तीव्रता दिएको छ । उक्त अभियानको नेतृत्व स्वयं बालेनले गरिरहेका छन् ।
अधिकांश सार्वजनिक कार्यक्रम र महानगरको अरु गतिविधिमा मेयरकै अगाडि उभिएको देखिने सुनतिा अ’वैध संरचना भ’त्काउने अभियानमा भने कतै पनि बालेनसँग देखिएकी छैनन् । श्रोतका अनुसार उनले मेयर साहसँग जब’र्ज’स्ती गर्न नहुने भन्दै उक्त अभियानप्रति आपत्ति जनाएकी छन् ।
सुनिताको दल एमालेका नेताहरुले पनि बालेनको अभियानको विरोध गरेका छन् । सांसदसमेत रहेका एमाले नेता महेश बस्नेतले त यस्तै गतिविधि जारी राखे बालेनविरु’द्ध प्रति’कारमै उत्र’नेसम्मको चेता’वनी दिएका छन् ।
विगतमा आफूले धेरैलाई तह चलाएको भन्दै उनले २/४ सय ट्यापे र फेसबुकेको आडमा चुरीफुरी नगर्न बालेनलाई चेतावनी दिए । उनले बालेन समर्थक ट्यापे र फेसबुकेहरुलाई सुधा’र गृहमा लैजाने अभियानको नेतृत्व आफूले गर्ने घाेषणा नै गरेका छन् । बालेनले बिहीबार काठमाण्डुको नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा डो’जर चलाएपछि एमाले वृत्त बढी नै आक्रो’शित भएको छ ।
बस्नेतले आफू र आफ्ना अध्यक्ष केपी ओलीसँग अल्फाबिटा सञ्चालकले फोटो खिचाएका कारण डो’जर चलाइएको भए बालेनको सन्की र लह’डी आ’तंक ब’न्द गर्ने चेता’वनी फेसबुकमार्फत सार्वजनिक गरेपछि उनी सामाजिक सञ्जालमा लखे’टाएमा परेका छन् । अवै’ध संर’चना भत्का’उने क्रममा अल्फाबिटा सञ्चालक र बालेन्द्रबीच भना’भनसमेत भएको थियो ।
अल्फा सञ्चालक आफ्नो दलनिकट भएकै कारण उनीमाथि तारो बनाइएको बुझाइ एमाले नेताहरुको छ । उपमेयर डंगोल पार्टीकै निर्देशनमा अभियानमा सहभागी नभएको मेयर बालेन्द्रका एक सहयोगीले बताए ।
‘महानगरका सबै काम र सामाजिक काममा समेत मेयर र उपमेयर कहिल्यै छुटेको देखिँदैन’, उनले भने, ‘एमालेको निर्देशनमा उहाँ अवै;ध संरचना हटाउने अभियानको वि;रोधमा हुनुहुन्छ, कतै पनि जानुभएको छैन ।’

