नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फिल्म ‘प्रकाश’ हेरेका छन् । थापाले कलाकारहरू सँगै बसेर विशेष शोमा चलचित्र हेरेका हुन् । चलचित्र हेरेपछि थापा भावुक बनेका छन् ।
उनले कलाकारसँगै हलमा दुई घण्टा बिताएका थिए । संसदमा बे’पत्ता नागरिकका सन्दर्भमा संक्र’मणकालीन न्याय विधेयक बनिरहेको भन्दै थापाले ‘प्रकाश’ हेर्दा बेप’त्ता परिएकाको परिवारको पीडालाई थप नजिकबाट नियाल्न पाएको भन्दै फिल्मले आफूलाई भावुक बनाएको बताएका छन् ।
‘विधेयकमाथि छलफल हुँदै गर्दा हामीले बे’पत्ता नागरिकलाई सामान्यीकरण गर्दै गएका छौं । यति हजार मान्छे म’रे, यति बे’पत्ता भए भनेर समान्यीकरण गर्दै गर्दा ती प्रत्येक बे’पत्ता वा मृ’तकसँग एउटा कथा जोडिएको छ, परिवार जोडिएको छ, समाज जोडिएको छ,’ उनले भने ।
अभिनेता प्रदीप खड्काले आफूले अभिनय गरेको चलचित्र ‘प्रकाश’ हेरेर माया र हौसला थपिदिएकोमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति आभार प्रकट गरेका छन् ।
नेता थापाले आइतबार हलमा पुगेर ‘प्रकाश’ हेरेका थिए । सिनेमा हलमा थापालाई भेट्नु आफ्ना लागि विशेष भएको उनले बताएका छन् । अभिनेता खड्काले नेता थापासँग सिनेमा हलमा खिचेको तस्बिर सामाजिक सञ्जालमा राख्दै नेपालको राजनीतिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
उनले आफू राजनीतिक मान्छे नभए पनि राजनीतिक विषय, देशको नेतृत्वलगायतका विषयमा धेरै चाख लाग्ने उल्लेख गर्दै प्रकाशको भूमिका गर्दैगर्दा आमजीवनमा नेतृत्वको भूमिकालाई नजिकबाट महसुस गर्न पाएको पनि बताएका छन् ।
नेपालका राजनीतिक नेतृत्वलाई आफूले जे जति बुझेको हो, त्यस आधारमा यो पुस्ताको सबैभन्दा आशालाग्दा नेता गगन थापा हो भन्ने उत्तर दिन आफूलाई खासै सोच्नु नपर्ने पनि स्पष्ट पारेका छन् ।
‘प्रकाशलाई यहाँहरूले दिनु भएको माया र साथका लागि कृतज्ञ छु। हिजो प्रकाश हेर्न आउनु भएकामध्ये एकजना दर्शक मेरा लागि निक्कै विशेष हुनुन्थ्यो। हुन त म राजनीतिक मान्छे हुँदै हैन, तर मलाई राजनीतिक विषय, देशको नेतृत्वलगायतका विषयहरूमा धेरै चाख लाग्छ। अझै प्रकाशको भूमिका गर्दै गर्दा आमजीवनमा नेतृत्वको भूमिकालाई धेरै नजिकबाट महसुस गर्न पाएँ।
नेतृत्वलाई मैले जे जति बुझेको छु, त्यस आधारमा यो पुस्ताका सबैभन्दा आशालाग्दा नेता को हुने भन्ने प्रश्नको उत्तरमा गगन थापा भन्ने उत्तर दिन मलाई खास्सै सोच्नु पर्दैन। सुखद संयोग, हिजो गगन दाइसँगको भेट जुर्यो। फिल्म हेरिसकेपछि, दाइसँग समाज, राजनीति, सिनेमालगायतका विषयमा छलफल भयो।
दाइलाई नजिकबाट नियाल्न पाउँदा, उहाँका दृष्टिकोणहरू अझै स्पष्ट बुझ्न पाएँ। देशको नयॅा व्यवस्था परिवर्तन महसुस गर्न नयॅा नेतृत्व पाउन जरूरी छ अनि मात्र प्रकाशहरूको भोगाइको परिवर्तन हाम्रै पालामा सम्भव छ । अबको नेतृत्वमा यस्तै नयॅा जोसिला व्यक्तित्वलाई देख्न पाइयोस, हामी सबैलाई शुभकामना,’ प्रदीपले लेखेका छन् ।

