नेकपा (माओवादी केन्द्र)का सांसद सुरेश आले मगरले राजा या राजतन्त्रसँग पनि मिल्ने सक्ने बताएका छन । नागरिकता विधेयकमाथि शुक्रवार राष्ट्रिय सभामा भएको छलफलमा सांसद आलेले यस्तो अभिव्यक्ति दिएका हुन ।
नागरिकता विधेयकमाथि शुक्रवार राष्ट्रिय सभामा भएको छलफलमा सांसद आलेले कांग्रेससँग मात्र नभई राजासँग पनि तालमेलको अवस्था आउन सक्ने बताएका थिए ।
‘एमालेकै नेताहरूले नेपालमा दुईवटा मात्र पार्टी बनाउने लबिङ गर्नुभएको छ तर त्यो सम्भव छैन । हामीले कांग्रेससँग चुनावी गठबन्धन गरेका छौं तर आइडोलोजी फरक छ,’ आलेले भनेका थिए, ‘कांग्रेससँग मात्र होइन नेपालमाथि विदेशी आक्र’मण हुने अवस्थामा राजासँग पनि एकता गर्नुपर्छ । जसरी चीनमाथि जापानले आ’क्रमण गर्दा माओले च्याङकाइसेकसँग सहकार्यको प्रस्ताव गरेका थिए ।’
आलेको भनाइलाई लिएर राष्ट्रियसभामा एमाले संसदीय दलका नेता खिमलाल भट्टराईले उक्त अभिव्यक्ति राष्ट्रियसभाको रेकर्डबाट हटाउन माग गरे ।
‘भर्खरै माननीयले बोल्ने क्रममा राजा र राजत’न्त्रसँगै मिलेर जाऊँ भन्ने कुरा गर्नुभयो । आज नेपालमा राजतन्त्र छैन, राजा पनि छैन ।
उहाँले जे व्याख्या गर्नुभएको छ, अहिले त्यो परिस्थिति पनि होइन,’ भट्टराईले भने, ‘यो रेकर्डबाट हटाइयोस् भन्ने माग गर्छु । उहाँको टंग स्लिप भएको हुनसक्छ । यो धेरै गम्भी’र विषय हो ।’
सभाको अध्यक्षता गरेकी अनिता देवकोटाले भट्टराईको मागबमोजिम आलेको भनाई रेकर्डबाट हटाउनु नपर्ने बताइन् । ‘लोकतान्त्रिक गणतन्त्रमा अभिव्यक्ति राख्न पाइन्छ ।
उहाँको भनाइमा ग’लत आशय छैन । माननीयहरू बोल्दा संयमित भएर बोलौं,’ अध्यक्षको आसनबाट देवकोटाले भनिन् ।

