नेपाली किक्रेट टिमका कप्तान सन्दीप लामिछानेलाई धक्का लागेको छ । उनीवि’रुद्ध प्रहरीमा ब’लात्का’रको उ’जुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बनको तयारी गरेको छ।
मु’द्दा किनारा नलागेसम्म नेपाली क्रिकेट टिमको कप्तानबाट निलम्बन गर्नेको लागि क्यानले आकस्मिक बैठक बोलाएको छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बैठकमा यस विषयमा निर्णय लिने बताए। कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज गएसँगै रोहितले नेपालको कप्तानी गरिरहेका छन्।
अब उनैलाई कार्यवाहकको जिम्मेवारी दिने तयारी रहेको बताइएको छ। क्यानले गत वर्षको मंसीरमा सन्दीपलाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरेको थियो।
२९ मंसिर २०७८ मा सन्दीप कप्तान नियुक्त भएका थिए। ज्ञानेन्द्र मल्लसहितका चार खेलाडीहरू अनुशासन उल्लं’घनको आ’रोपमा का’रबा’हीमा परेपछि सन्दीपले मौका पाएका थिए।
सन् २०२२ मा टि–२० मा सर्वाधिक विकेट लिने विश्वकै बलरहरूको सूचीमा उनी एक नम्बरमा छन्।
सन्दीप अहिले नेपालमा छैनन्। उनी ६ भदौमा टी–२० सिरिज खेल्नका लागि केन्या गएका हुन्। केन्यामा पाँच खेलको टी–२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए।
यता, यस बिषयमा प्रहरीले पनि अनुसन्धान अघि बढाएको छ। नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेक प्रसाद राईका अनुसार पी’डितको स्वास्थ्य परीक्षण सकेर थप अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृ’त्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सो घटनाको सुक्ष्म अनुसन्धान अघि बढाएको प्रवक्ता राईले जानकारी दिए।
सन्दीपवि’रुद्ध १७ वर्षीय नाबा’लिगले बला’त्कार गरेको आ’रोप सहित प्रहरीमा उ’जुरी दिएकी हुन्। काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरुमा लगेर काठमाडौं ल्याई राती ११ बजेर ५५ मिनेटको समयमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलमा ज’बर्जस्ती क’रणी गरेको जा’हेरीमा उल्लेख गरिएको छ।
पी’डितले ०७९ भदौ ५ गते राती जबर्ज’स्ती कर’णी गरेको अ’रोप उल्लेख गर्दै मंगलबार प्रहरी वृत्त, गौशालामा पीडि’तले जा’हेरी दिएकी हुन्।
प्रहरीले एकद्धार संकट ब्यवस्थापन केन्द्रमा लगेर विस्तृ’त स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जानकारी दिएको छ। लामिछाने अहिले देशमा छैनन्। उनी गत ६ भदौमा टी–२० सिरिज खेल्नका लागि केन्या गएका हुन्।
केन्यामा पाँच खेलको टी–२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए।

