काठमाडौं महानगरपालिकाकाले प्रमुख बालेन शाहको शिक्षा सल्लाहकार नियुक्त गरेको छ । महानगरले रेशु अर्याललाई शाहको शिक्षा सल्लाहकार नियुक्त गरकेो हो ।
उनलाई शिक्षा सल्लाहकारको रूपमा नियुक्त भएको मेयर बालेनको सचिवालयले जनाकारी दियो। अर्याल टिच फर नेपालको संस्थापक समेत हुन् । उनी यसअघि विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य समेत थिइन्।
केही दिनअगाडि महानगरको कानुनी सल्लाहकारको रूपमा ओमप्रकाश अर्यालसहित ५ जनालाई नियुक्त गरेको थियो। सामाजिक अभियन्तासमेत रहेकी अर्याल टिच फर नेपालको संस्थापक बोर्ड सदस्य र ५ वर्ष अध्यक्ष भइरहेकी छिन् ।
यस्तै उनले कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेज बाट शैक्षिक सुधारको लागि नेतित्व विषयमा स्नातकोत्तर गरेकी छिन् । महानगरका अनुसार सन् २०१७ मा शिक्षा क्षेत्रमा योगदान गरे बापत सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एजुकेसनले अर्याललाई प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत पनि गरेको थियो।
उनी अहिले नेतृत्व परिषदको सदस्य छिन्। सन् २०१७ को सेप्टेम्बरदेखि २०२२ को मार्चसम्म उनी फुल ब्राइटको कार्यकारी निर्देशक थिइन्। उनी हवेली आउटडोर लर्निङ सेन्टरका संस्थापक निर्देशक पनि हुन्।
यो पनि पढ्नुहोस्ः
इन्द्रजात्रा विश्वव्यापी बनाउन खोजेका छौं
मेयर बालेनले इन्द्रजात्रालाई विश्वव्यापी बनाउने बताएका छन् । इन्द्रजात्रा सुरु भएको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा मेयर बालेनले विश्वव्यापी रुपमा इन्द्रजात्रालाई चिनाउन खोजेको र महानगरले त्यहि अनुसार अन्तर्राष्ट्रियस्तरका नगरप्रमुखहरुलाई बोलाएको बताए ।
उनले इन्द्रजात्राको लागि व्यवस्थापन समितिबाट काम भइरहेको भन्दै सबै तयारी लगभग पूरा भएको जानकारी दिएका छन् । मेयर बालेनले इन्द्रजात्रा काठमाडौं उपत्यकामा मात्र सिमित रहेको भन्दै यसलाई पूरै देशले अपनत्व गर्ने बनाउनु पर्ने बताए ।
यस्तै उपमेयर सुनिता डंगोलले देशकै महत्वपूण पर्वको रुपमा इन्द्रजात्रालाई लिएको बताएकी छिन् । उनले आफूहरुले पदभार ग्रहण गरेको सय दिन पुगेको दिन इन्द्रध्वजा फरफराएर इन्द्रजात्रा सुरु हुनु सुखद संयोग भएको बताइन् । उनले महिलाहरुले जात्राको अन्तिम दिन रथ तान्ने त्यसको नेतृत्व आफैंले गर्ने समेत बताइन् ।

