सूर्य लाइफ इन्स्योरेन्समा कार्यरत प्रदीपकुमार लामाको कारले प्रधानमन्त्री शेरबहादुर देउवा सवार गाडीलाई ओभरटेक गर्न खाजेको घटना बाहिर आएको छ । घटना मंगलबार बेलुकीको हो । उनले बा २६ छ १९१९ नम्बरको सुजुकी कार चलाएका थिए ।
प्रधानमन्त्री देवा पुतलीसडकमा एउटा कार्यक्रम भ्याएर बालुवाटारस्थित निवासतर्फ जाँदै थिए । सेना र प्रहरीका स्कर्टिङसहित बालुवाटार पुग्नै लाग्दा एउटा निजी कारले अस्वा’भाविक गतिविधि देखायो ।
इमर्जे’न्सी लाइटसमेत बालेर उक्त कारले सवारीलाई ओभरटेक गर्न खोजेपछि सुरक्षाकर्मीले चालकलाई निय’न्त्रणमा लिएर सोधपुछ गरेका थिए ।
इ’मर्जेन्सी लाइट बाल्नुको कारणबारे सोध्दा उनले जवाफ दिए, ‘प्रधानमन्त्रीको पछि हिँडेका गाडीहरुले पनि बालेका थिए, त्यसैले अगाडि जान पाइएला भनेर बालेको हुँ ।’
प्रधानमन्त्रीको सवारी प्रभावित तुल्याउन खोज्ने निजी गाडीका चालकमाथि कुनै एक्सन भने लिइएन । फिल्डमा रहेका सुरक्षाकर्मीले ‘माथि’ सम्पर्क गरेर कुराकानी गरेपछि उनको लाइसेन्स नम्बर टिपेर यत्तिकै छोडिएको थियो ।
जाँदाजाँदै ती चालकले भने, ‘यदि म प्रधानमन्त्री भएको भए आफ्नो सवारीमा यस्तो लावालस्कर हटाउने पहिलो निर्णय गर्ने थिएँ ।’
यो पनि पढ्नुहोस्ः
‘सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व’
प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताएका छन् ।
५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सम्पूर्ण नेपाली विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीलगायत सबैमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले अन्तर्राष्ट्रियता गरेको शिक्षासम्बन्धी लक्ष्यलाई हासिल गर्न साक्षर नेपाल अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने उल्लेख गरेका छन् ।
प्रधानमन्त्री देउवाले सरकार निजी क्षेत्र, सामाजिक सङ्घ संस्थाको विभिन्न प्रयासको बाबजुद अझै एक तिहाइ जनता निरक्षर अवस्थामा रहनुले हामीले आगामी दिनमा साक्षरता अभियानलाई अझै प्रभावकारीरूपमा निरन्तर अघि बढाउनुपर्ने खाँचो रहेको औँल्याएका छन् ।
उनले सन्देशमा भनेका छन् –शिक्षा गुणस्तरीय जीवनको आधारशिला हो । शिक्षाको बहु आयामिक महत्त्वलाई आत्मसात् गर्दै हाम्रो संविधानले शिक्षालाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ ।

