१५ दिनभित्र नागरिकता विद्येयक प्रमाणीकरण गर्नैपर्ने बाध्यताका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले अर्को बाटो रोज्ने तयारी गरेकी छिन् । नागरिकता विद्येयक प्रमाणीकरण कुनैपनि हालतमा नागरिकता विद्येयक प्रमाणीकरण नगर्ने भएकी छिन् ।
राष्ट्रपतिका राजनीतिक सल्लाहकार लालबाबु यादवले सदनबाट पास भएर प्रमाणीकरणको लागि आएको विद्येयक राष्ट्रपतिले प्रमाणीकरण नगर्ने स्पष्ट पारेका हुुन् ।
उनले भने,‘ सम्माननीय राष्ट्रपतिज्यूले यो विद्येयक प्रमाणीकरण गर्नुहुन्नँ ।’ उनले राष्ट्रपति भण्डारी महा’भियोग फेश गर्न तयार रहेको तर विद्येयक प्रमाणीकरण नगर्ने मुडमा रहेको जनाए ।
यसअघि पनि राष्ट्रपति भण्डारीले उक्त विद्येयक १५ दिनको समय व्यतित गरेर पूनर्विचारको लागि सदनमा फिर्ता पठाएकी थिईन् । तर, सत्ता गठबन्धनले विद्येयक हुबहु दुवै सदनबाट पास गरेर राष्ट्रपतिकहाँ प्रमाणीकरणको लागि पठाएको छ ।
राष्ट्रपति भण्डारीले यो बीचमा सबै दलका शीर्ष नेताहरुसँग दलगत रुपमा सामूहिक भेटवार्ता पनि गरेकी थिईन् । उक्त विद्येयकमा एमालेको वि’रोध छ ।
सत्ता गठबन्धनका नेताहरुले भने राष्ट्रपतिले अब विद्येयक प्रमाणीकरण गर्नुको विकल्प नभएको बताउने गरेका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त राष्ट्रपतिले विद्येयक अड्काए अदालत जानेसम्मको चेतावनी दिएका थिए ।
यस्तै, यादवले संविधानसँग बाझिएको नागरिकता विधेयक प्रमाणीकरण हुनै नसक्ने बताए। “राष्ट्रपतिले जे जे कुरामा सरोकार राख्नुभएको थियो, त्यसमा सुशासन समितिमा पनि छलफल भएन ।
संसद्मा छलफल भएन । संविधान र नागरिकता विधेयक बाझिएको कुरा नागरिक समाज, कानुन व्यवसायी, पूर्व सुरक्षा अधिकारीहरुले परामर्श दिइरहनुभएको छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा। यादवले भने ।
संविधान संशोधन नभएसम्म राष्ट्रपतिले नागरिक विधेयक प्रमाणीकरण गर्न नहुने पनि उनको जिकिर छ । डा। यादवले भने, “राष्ट्रपति संविधानको संरक्षक र पालक हो ।
उहाँ संविधान बाहिर जाने ठाउँ छैन । राष्ट्रपतिले राजीनामा दिनुहुन्न । राजीनामा दिनुपर्ने कुनै कारण छैन । प्रमाणीकरण पनि गर्नहुन्न । बरु संसद्ले महाअभियोग लगाउँछ भने फेस गर्नुपर्छ ।”

