उदयीमान लेग स्पिनर तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेको करिअरमा कालो बादल म’डारिएको छ । हाल २२ बर्ष उमेर पुुगेका लामिछाने यति कम उमेरमै नाम र करोडौ दाम कमाउने भाग्यशाली खेलाडी हुन् ।
तर, उनीवि’रुद्ध बला’त्कार गरेको आरोपमा उ’जुरी परेको छ। एक ना’बालिगमाथि पटकपटक ब ला’त्कार गरेको आरो’पमा बुधबार सन्दीपमाथि प्रहरी वृत्त गौशालामा उ’जुरी परेको थियो।
प्रहरीका अनुसार पी’डित भनिएकी किशोरी १७ वर्षकी भएको र उनको वि’स्तृत स्वास्थ्य परीक्षण गराइएको छ।
बला’त्का र आ’रोप र अनुसन्धान
ती किशोरीले उ’जुरीमा आफूले स्न्याप च्याटमार्फत फ्यानका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसैको आधारमा भेट्न बोलाएर भदौ ५ गते नगरकोट घुमाउन लगेको उल्लेख गरेकी छन्।
किशोरीले नगरकोटबाट त्यही रात फर्किएर काठमाडौंको पिंगलास्थानको होटेल काठमाडौं इनमा लगेर आफुलाई लामिछानेले बला त्का’र गरेको उल्लेख गरेकी छन्।
उक्त आ’रो पबारे प्रहरी कार्यालय गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त रूपमा अनुसन्धान अगाडि बढाएको छ। बढीमा २५ दिनभित्र प्रहरीले अनुसन्धान पूरा गरेर अदालत समक्ष पेस गर्नेछ।
लामिछानेवि’रुद्ध जा’हेरी दिने किशोरी सन्दीपकै साथीको साथी रहेको खुलेको छ। नुवाकोट घर भएका ती किशोरी बागबजारको एक कलेजमा अध्ययनरत् र मध्यबानेश्वरको होस्टेलमा बस्दै आएकी छन्।
घटना भदौ ५ गते भएको प्रहरीले जनाएको छ। क्यान स्रोतका अनुसार कप्तान सन्दीप ५ भदौमा नेपाली राष्ट्रिय क्रिकेट टिमसँग थिएनन्।
सबै खेलाडीले भदौ ४ गतेसम्म अभ्यास गरेका थिए। तर क्यानले एक दिनअघि भदौ ५ गते उपत्यकामा घर भएका खेलाडीलाई तयारीको लागि क्लोज क्याम्पबाट घर पठाएको थियो।
त्यसको अर्को दिन भदौ ६ गते नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछाने मैत्रीपूर्ण टी–२० र एक दिवसीय शृङ्खलाका लागि नेपालको नेतृत्व गर्दै केन्या पुगेका थिए। टी–२० शृङ्खलापछि उनी क्यारिबीअन लिग खेल्नका लागि जमैका पुगेका छन्।
उदयमान ‘लेग स्पीनर’
लामिछाने सन् २०२१ को डिसेम्बरमा नेपालको कप्तानमा नियुक्त भएका थिए। लामिछाने पहिलो पटक सन् २०१९ मा क्यारिबीअन प्रीमिअर लीग ९सीपीएल० को खेलाडी बोलकबोल प्रक्रिया (अक्शन) मा महँगो मूल्यमा सकारिएका थिए।
प्रतिभाशाली लेग स्पिनर उनले भारत, क्यारिबीअन, अस्ट्रेलिया, अफगानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानका लिगमा खेलेका छन्।
सन् २०२२ मा टि–२० मा सर्वाधिक विकेट लिने विश्वकै बलरहरुको सूचीमा उनी एक नम्बरमा छन्। बला’त्का र मु’द्दा किनारा नलागेसम्म उनले नेपाली क्रिकेट टिमको कप्तानी तथा अन्तर्राष्ट्रिय लिगहरु गुमाउनुपर्ने हुन सक्छ।
सन्दीप आगामी जनवरीमा यूएइमा आयोजना हुने टि–२० लिगमा पनि आवद्ध भइसकेका थिए। ब’लात्का रको आ’रोप पुष्टि भएमा लामिछानेको जम्जमाउँदो करिअरमा मात्रै का’लो बा’दल लाग्ने छैन, नेपालको राष्ट्रिय टिममा पनि ठूलो क्ष’ति पुग्नेछ।
सन्दीप विश्व क्रिकेटका उदयमान ‘लेग स्पीनर’ हुन्। २२ वर्षीय सन्दीपले हालसम्म नेपालका लागि ३० अन्तर्राष्ट्रिय एकदिवसीय र ४४ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। यी दुवै फर्म्याटमा उनी नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन्।

