एमालेले माओवादीलाई पठाएको गोप्य प्रस्तावको सूचना बालुवाटार पुुगेपछि कांग्रेस झस्किएको छ । प्रधानमन्त्री देउवाले शुक्रबार माओवादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनबाट गठबन्धन तोड्न प्रयास भइरहेको बताएका छन् ।
निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा एमालेले रणनीति अनुसार सत्ता गठबन्धनलाई विफल पार्ने अर्को प्रयासमा लागेको खुलेको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँटलाई लिएर कि’चलो भैरहेको बेला एमालेले माओवादी लगायतका दलहरूलाई आकर्षक प्रस्ताव पठाएको खुलेको हो ।
एमालेकै एक शिर्ष नेताका अनुसार अघिल्लो निर्वाचनमा अप्रत्याशित रूपमा बनेको एमाले माओवादी एकताको योजना र चुनावी सहकार्य जस्तै कुनै मोडलमा सहमति यसपटक पनि एvकाएक घोषणा हुनसक्ने सम्भावना बढेको छ । उनका अनिसार एमाले र माओवादीका केही नेता यसको गृहकार्यमै छन् ।
शुक्रबार चितवन पुगेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन तोड्ने ठूलो षड्य’न्त्र भएको अभिव्यक्तिले पनि यसतर्फ संकेत गर्छ । एमाले र माओवादीका दोस्रो तहका केही नेताहरू सहकार्यको वातावरण बनाउन निरन्तर खटिरहेको ती एमाले नेताको दाबी छ ।
एमालेले माओवादीलाई कांग्रेससँग सहकार्य गर्दा घाटा हुने र एमालेसँग सहकार्य गर्दा फाइदै फाइदा हुने खाका समेत पठाईसकेको बुझिएको छ । एमालेको आन्तरिक सर्वेक्षणले यो निर्वाचनमा ठूलो क्ष’ति हुने देखाइसकेको अवस्थामा पछिल्लो रणनीति बनेको बताइन्छ ।
एमालेका ती नेताका माओवादीलाई ६५ सिट प्रत्यक्ष र प्रदेशमा ४५ प्रतिशत लिएर सँगै चुनावमा होमिन आग्रह गरिसकेको छ ।
माओवादीका दोस्रो तहका नेताहरूले पार्टी नेतृत्वलाई यसबारे जानकारी गराए पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने यो विषयमा तत्काल छलफल गर्न नहुने बताएकाले थप छलफल गर्ने वातावरण नबनेको बताइएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेस्ठ र दुई जना अन्य नेताहरूले यसबारे गृहकार्य गरिरहेको खुलेको छ ।
निर्वाचनका लागि जिल्लामा पुगेका एमाले नेताहरूले धेरै विकल्पमा माओवादीलाई समेट्नेगरी योजना बनेकाले तत्काल हतोत्साहित नहुन आग्रह समेत गरेको खुलेको छ । नेताहरूले सत्ता गठबन्धन तोड्न हरसम्भव प्रयास भइरहेको भन्दै निर्वाचनको छुट्टै माहोल बन्ने आशा व्यक्त गरेका छन् ।
सत्ता गठबन्धनमा माओवादीले बढी सिटको बा’र्गेनिङ गर्नुको अन्तर्य पनि यही भएको बताइन्छ । एमाले नेताहरूले कार्यकर्तालाई नि’राश नहुन भन्दै एमाले र माओवादी एक भएर अघि बढ्ने सम्भावना बढेको बताएका छन् । नेताहरूले माओवादीका नेताहरूलाई न’खेद्न पनि आग्रह गरेको बुझिएको छ ।
एमाले उपाध्यक्ष पौडेलले सहकार्यको वातावरण बनिरहेकाले माओवादीका नेताहरूलाई नचिढ्याउन आग्रह गरेको रूपन्देही एमालेका एक प्रभावशाली नेता बताउँछन् ।
सत्ता गठबन्धनमा सिट बाँडफाट गर्दा माओवादीसहितका दललाई प्रत्यक्षतर्फका आधा दिने र बाँकी कांग्रेसले राख्ने लगभग सहमति जुटेको बताइए पनि किचलो भने कायम नै छ । एमालेको ढाडसकै कारण माओवादीको बार्गे’निङ पावर बढेको कांग्रेसका एक पदाधिकारीको दाबी छ ।
उनका अनुसार एमालेले माओवादीलाई पठाएको प्रस्तावको सूचना प्रधानमन्त्री देउवाले पाइसकेका छन् । उनका अनुसार यदि कांग्रेस लचिलो नबनेको खण्डमा माओवादी र एमाले मिल्न सक्ने सम्भावना छ ।
एमालेका शिर्ष नेताहरूले नै चुनाव हार्ने निश्चित भएकाले ६० सिटको अफर गरिए पनि केही सिट बढाएर फेरि प्रस्ताव पठाउने र माओवादीसँग तालमेल गर्ने योजनामा एमाले छ ।
एमाले स्रोतका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा यस्तो तयारी भैरहेको हो । उनका अनुसार माओवादीलाई दिन सकिने सिट र क्षेत्र समेत एमालेले खाका तयार गरिसकेको छ ।
त्यही योजना अनुसार अघि बढ्न एमाले अध्यक्ष ओलीले प्रस्ताव नेताहरूलाई निर्देशन दिएकाले पौडेल लगायतका नेताहरू हौसिएका छन् । पहिलो प्रस्ताव पठाए पनि माओवादीका तर्फबाट अहिलेसम्म जवाफ आएको छैन ।

