पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा अरनिकोकुमार पाँडे प्रवेश गरेका छन् । पाँडेसहित पार्टीले तीन जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ।
पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार बिहीबार बसेको बैठकले पाँडे, सुमना श्रेष्ठ र गणेश कार्कीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।
साथै स्वतन्त्र पार्टीले सहमहामन्त्री कविन्द्र कुर्लाकोटीको संयोजकत्वमा उच्चस्तरीय अधिकार सम्पन्न वार्ता समिति पनि गठन गरेको छ।
आगामी चुनावमा उम्मेदवार बन्न योग्य व्यक्तिसँग आवश्यक संवाद, चुनावी तालमेल, कार्यगत एकतासमेत गरी पार्टीको प्रारम्भिक निर्वाचन प्रक्रियामा सहभागी गराउन वार्ता समिति गठन भएको हो।
उक्त समिति सदस्यमा गणेश पराजुली, अरनिकोकुमार पाँडे, सुमना श्रेष्ठ र गणेश कार्की छन्। घोषणा पत्र तयारी समिति पनि पुनर्गठन भएको छ।
वातावरणविद अरनिकोकुमारको नेतृत्वमा घोषणा पत्र निर्माण गर्न समिति पनि गठन भएको छ। उक्त समितिमा विपिनकुमार आचार्य, गणेश पराजुली, महेश्वर घिमिरे, सोविता गौतम, प्रभात अधिकारी, विष्णुकुमार श्रेष्ठ, कुसुम महर्जन, रामकृष्ण भट्टराई सदस्य छन्।
गणेश कार्की काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका मुख्य चुनावी रणनीतिकारमध्ये एक हुन् । उनले महानगरलाई आवश्यक सुझाव दिने र रणनीति बनाउने काममा भाग लिँदै आएका थिए ।
उनी प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेर चुनावी तयारीमा जुटेका थिए । पार्टी अध्यक्ष लामिछानेले बिहीबार उनलाई केन्द्रीय समितिमा स्वागत गरिएको जानकारी दिएका छन् ।
पाँडे हिमालय क्षेको वायु प्रदूषण, जलवायु र दीगो विकासका विज्ञ समेत मानिन्छन् । उनीसँगै वातावरण विज्ञानका विद्यार्थी गणेश कार्की र महिला उद्यमी सुमना श्रेष्ठलाई पनि केन्द्रीय समितिका स्वागत गरेको लामिछानेले जनाएका छन् ।
गणेश कार्की काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका मुख्य चुनावी रणनीतिकारमध्ये एक हुन् । उनले महानगरलाई आवश्यक सुझाव दिने र रणनीति बनाउने काममा भाग लिँदै आएका थिए ।


