राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले क्रिकेटर सन्दीप लामिछानेको घटनामा कडा प्रश्न उठाएकी छिन् । उनले ब’लात्का रको आ’रोप लागेका क्रिकेटर सन्दीप लामिछाने भाग्नुले देशमा द’ण्डहिनता संस्थागत रहेको देखाएको धारणा व्यक्त गरेकी हुुन् ।
सामाजिक सञ्जाल ट्वीटरमा अन्सारीले सन्दीप भा’ग्नु भनेको द ण्डहिनता संस्थागत हुनुको परिणाम भएको लेखेकी छन् । उनले सन्दीपलाई भ गाउनमा प्रहरी र नेपाल क्रिकेट संघको संलग्नता रहेको भन्ने अभिव्यक्ति सहितको ट्वीट पोष्ट गरेकी छन् ।
‘सन्दीप लामिछाने भाग्नु भनेको द’ण्डहिनता संस्थागत् छ भन्ने परिणाम हो । संदिपलाई भ’गाउनमा प्रहरी र क्रिकेट संघ,’ उनले लेखेकी छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमकी पूर्व कप्तान सन्दीपमाथि एक नाबालिगले ब’लात्का रको आ’रोप लगाउँदै जा हेरी दर्ता गराएकी थिइन् । सन्दीपविरुद्ध प’क्राउ पू’र्जी जारी भएपछि नेपाल क्रिकेट संघले टिमबाट उनलाई निलम्बन गरेको थियो ।
पक्राउ पूर्जी जारी भएको समयमा सन्दीप वेस्ट इन्डिजमा रहेपनि उनले आफू नि’र्दोष रहेको तथा चाँडै नेपाल आउने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । तर उनी लामो समयदेखि सम्पर्क बाहिर रहेका छन् ।

एक किशोरीले जब’रजस्ती क’रणीमा जा’हेरी दिएपछि सन्दीपले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू केही दिनमा नेपाल आउने बताएका थिए । उनले आफूमाथि लागेका आ’रोपहरुको खण्डन गरेका छन् । २४ भदौमा उनले सो स्टाटस लेखेपछि प्रहरीले उनलाई विमानस्थलबाटै प’क्राउ गर्ने तयारीका साथ बसेको छ ।
नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी दानबहादुर कार्कीले सन्दीप कहिले नेपाल आइपुग्छन् भन्ने एकिन जानकारी नरहेको बताए ।
कार्कीले भने, ‘उनले आफैं नेपाल आउने र आफूमाथि लागेको आ’रोपको कानूनी प्र’तिवाद गर्ने बताएपछि हामीले उनलाई झिकाउनका निम्ति कुनै कसरत गरेनौं । इन्टरपोललाई पनि भनिएको छैन । उनी आफैं आएर कानूनलाई सघाउनेमा आशावादी छौं ।’
जिल्ला अदालत काठमाडौंबाट गत विहिबार प’क्राउ पू’र्जि लिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका सबै नाकामा प’क्राउ आदेश पठाएको छ । अध्यागमन विभागले सन्दीपलाई का’लो सूचीमा राखिसकेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप नेपाल आउन जमैकाबाट हिँडिसकेको जानकारी पाएको बताए । ‘आजभोलि उनीसँग कुरा भएको छैन, तर उताबाट हिँडिसकेको भन्ने जानकारी पाएको छु’, चन्दले भने । उनले आफू भर्खरै दुबइबाट फर्किएकाले थप जानकारी लिन नभ्याएको उल्लेख गरे ।

