काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको टिप्पणीमा काउन्टर दिएका छन् । भट्टराईले सामाजिक सञ्जालमा स्वरोजगार श्रमिकको व्यवसायलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थापन गर्न सुझाव दिएका थिए ।
आज एक ट्विट गर्दै उनले मृत प्राय बनेका नदीलाई पुनजीवन दिने मेयर बालेन साहको पहल प्रशंसनीय रहेको बताएका छन् । यसका साथै फुटपाथ पनि व्यवस्थित गर्न उनले ध्यानाकर्षण गराएका हुन् ।
उनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन साहका पहल प्रशंसनीय छन् ।
फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउककमा व्यवसाय गर्न बाध्य हुन्छन् । अतः निश्चित ठाउँ र समय तोकेर तीनको व्यवस्थापन गर्नैपर्छ ।’
भट्टराईको पोस्टमा जवाफ दिँदै बालेनले लेखेका छन्, ‘यो कुरा त हजुरले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पथ्र्यो नि ।’
बालेनको जवाफमा मिश्रित प्रतिक्रिया आइरहेको छ । केहीले बालेन पनि हर्क साम्पाङ जस्तै बन्न खोजेको आ’रोप लगाएका छन् ।
यो पनि पढ्नुुहोस्ः एकीकृत डिजिटल सुशासन प्रणाली सञ्चालन गर्न कर्मचारीलाई तालिम
काठमाडौँ महानगरपालिकाको सूचना प्रविधि विभागले ‘एकीकृत डिजिटल सुशासन प्रणाली’ सञ्चालन गर्न कर्मचारीका लागि तालिम सुरु गरेको छ । यस क्रममा आज राष्ट्रिय सभागृहस्थित कम्प्युटर प्रयोगशालामा अभिमुखीकरण सम्पन्न गरियो ।
तालिममा सबै वडाबाट कर्मचारी र जनप्रतिनिधिलाई क्रमागत रुपमा सहभागी गराइनेछ । आज सहायक स्तर चौथो तहदेखि अधिकृत स्तरसम्मका, कम्प्युटर अपरेटर, कम्प्युटर अधिकृत, कम्प्युटर टेक्निसियनलाई सहभागी गराइएको थियो ।
कार्यक्रम थालनी गर्दै विभागका प्रमुख नमराज ढकालले, शिफारिससहितका सेवालाई घरबाटै लिने गरी विद्युतीय शासनका अभ्यासलाई कार्यान्वयन चरणमा लगिएको बताए । ‘सर्भर, इन्टरनेट र इन्ट्रानेट अरुमा निर्भर हुँदा केही समस्या छ ।
यसलाई सुधार गर्ने प्रयास भइरहेको छ ।’ विभागीय प्रमुख ढकालले भन्नुभयो, ‘एउटा मात्र सेवा प्रदायकसँग इन्टरनेटको भर गर्दा सेवा रोकिने अवस्था आयो । त्यसैले अहिले वैकल्पिक इन्टरनेट जडान गर्दैछौँ । ३२ वटा वडामध्ये १६ वटा वडामा यो सेवा जडान भइसकेको छ ।’
कम्प्युटर अधिकृत सुधा शाक्यकाअनुसार वडाबाट प्रदान गरिने १७२ वटा शिफारिस छन् । यसको विवरण सफ्टवेयरमा राखिसकेपछि सम्बन्धित कर्मचारीलाई इमेलमार्फत प्राक्टिस लिङ्क दिइनेछ । अभ्यासका क्रममा केही समस्या परे, परामर्शदाताको कल सेन्टरमा फोन गरेर सिक्न सक्ने व्यवस्था गरिएको छ ।
यसपछि वडा सचिव र त्यसपछि वडाध्यक्षहरुलाई तालिममा सहभागी गराइनेछ । तालिममा डिजिटल सिक्नेचर, दर्ता चलानी, शिफारिस सञ्चालन सम्बन्धी अभ्यास गराइनेछ ।
यो प्रणाली सञ्चालनमा आएपछि विद्युतीय सुशासनमा देखिने परिवर्तन आउँछ । आजको कार्यक्रममा परामर्शदाता स्मार्ट पालिकाका सह संस्थापक राजेन्द्र माण्डव्यको भनाइ थियो । स्थानीय सरकारलाई अब विद्युतीय शासनमा रुपान्तरित हुनुको विकल्प छैन । यसमा आफूलाई अभ्यस्त गराउनुपर्छ । माण्डव्यको जोड थियो ।
प्रणाली सञ्चालनमा आएपछि सेवाग्राहीले सर्जमिन गर्नुपर्ने शिफारिसबाहेक अन्य शिफारिस लिन वडामा आउनै पर्दैन ।

