सभामुख अग्नि सापकोटाले भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शीतल निवास पठाएको नागरिकता विधेयक पास गर्ने समय घर्किन लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी भने यस बिषयमा अनिर्णित देखिएकी छिन् ।
विधेयकमाथि निर्णय गर्न राष्ट्रपति भण्डारीले गरेको ढिलाइप्रति सत्तारूढ गठबन्धनका नेताहरू पनि असन्तुष्ट छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गते पोखरामा भएको एक कार्यक्रममा राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे राजीनामा दिनुपर्ने बताएका थिए ।
‘राष्ट्रपतिले प्रमाणीकरण नगर्ने सम्भावना पनि छ । प्रमाणीकरण नगरे यो विषय अदालत जाने सम्भावना पनि छ, दोस्रो कुरा, उहाँ (राष्ट्रपति) ले राजीनामा दिने विकल्प रहन्छ’, प्रचण्डले भनेका थिए, ‘दोस्रोपटक पनि दुबै सदनबाट पारित भएर गएपछि राष्ट्रपतिलाई यताउति गर्ने अधिकार नै छैन । प्रमाणीकरण गर्नुहुन्छ भन्नेमा हामी आशावादी छौं ।’
यता, प्रचण्डको भनाइ सार्वजनिक भएको केही दिनमै अध्यक्ष ओलीले पार्टी कार्यालय च्यासलमा नागरिकता विधेयक र राष्ट्रपतिबारे भनेका थिए, ‘राष्ट्रपतिले १५ वटा बुँदामा पुनर्विचार गरोस भनेर संसदसमक्ष पठाउनुभयो, तर संसद्मा आउन नपाइकन बाहिर बाहिरै केही बाउन्सर भेला भए, अहिले बाउन्सरहरुको शासन छ, राष्ट्रपतिले आग्रह गरेको किन मान्ने ?’
ओलीले गठबन्धनप्रति लक्षित गर्दै थप भनेका थिए, ‘हामी पुर्नविचार गर्दैनौं, जस्ताको तस्तै फिर्ता गर्दिने भनेर अहं’कार र द’म्भ देखाए, राष्ट्रपतिसँग टक्कर लिन खोजे ।’
ओली त्यतिमामात्रै रोकिएनन्, ‘तीनै मध्येका एक नेता (प्रचण्ड) ले राष्ट्रपतिले राजीनामा गर्नुपर्छ भनेछन्, प्रतिगामी तत्वले राजीनामा गर्नु नपर्ने ? वामपन्थी सरकार ढा’लेर दक्षिणपन्थी सरकार बनाउनेले राजीनामा गर्नु नपर्ने ?
करिब दुई तिहाइको सरकार ध्व’स्त पारेर कांग्रेसको नेतृत्वमा सरकार बनाइदिनेले राजीनामा गर्नु नपर्ने ? देशलाई अधोगतितर्फ पुर्याउनेले राजीनामा गर्न नपर्ने अनि राष्ट्रपतिले पुर्नविचार होेस् भनेर पठाउँदा राजीनामा गर्नुपर्ने ?’
भदौ २० गते राष्ट्रपति कार्यालयमा दर्ता भएको नागरिकता विधेयक भदौ ४ भित्र प्रमाणीकरण बताइन्छ । यही बीचमा राष्ट्रपति भण्डारीले एक दर्जन बढी विधेयक प्रमाणीकरण गरेपनि नागरिकता विधेयक प्रमाणीकरणमा भने चासो नदेखाएपछि अनेक चर्चा चलेका छन् । उनले राजीनामा दिनेदेखि, अदालतमा यो बिषय प्रवेश हुनेसम्मसम्मका हल्ला चलिरहेका छन् ।

