उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नागरिकता विधेयक प्रमाणीकरण नगरिएपछि असन्तुष्ट भएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति असन्तुष्टि जनाएका हुुन् । उनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानको पालना र संरक्षण गर्न नसकेको आ’रोप लगाए ।
‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् ।
यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुः’खद पक्ष हो,’ उपराष्ट्रपतिले विज्ञप्तिमा भनेका छन्, ‘संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन । संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु ।’
विज्ञप्तिमा उनले सार्वभौम संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भएको नेपाली इतिहासकै स्वर्णिम दिन संविधान दिवस यहीँ असोज ३ गते हर्षोल्लासका साथ मनाएको स्मरण गरेका छन् । उक्त सुनौलो दिनको अवसरमा सबैले संविधानको पालन र संरक्षण गर्ने प्रतिबद्धता पनि दोहोर्याएको उनले स्मरण गरेका छन् ।
‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ,’ उनले भनेका छन् ।
यता, युवा संघ नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई स्वागत गर्दै काठमाडौंमा प्रद’र्शन गरेको छ । नेकपा एमाले निकट युवाहरूको संगठन युवासंघले बानेश्वर-माइतीघर सडक खण्डमा प्र’दर्शन गरेको हो ।
तर, प्रतिनिधिसभाले पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि अहिले उनको व्या’पक आ’लोचना भइरहेको छ ।
सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अ’पमान र अ’वमूल्यन गरेको बताइरहेका बेला एमाले निकट संघ संगठनले भने विधेयक प्रमाणीकरण नगरेर राम्रो काम गरेको भन्दै राष्ट्रपतिको समर्थनमा प्रद’र्शन गरेको हो ।


