पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पार्टीबाट बाहिरिने मुुडमा पुुगेका छन् । आगामी मंसिर ४ गतेको चुुनावमा जित्ने सम्भावना घटेको पूूर्वानुुमानसहित उनले पार्टीबाट बाहिरिने निष्कर्ष निकालेको स्रोतले जनाएको छ ।
उनले सर्तसहित माओवादीमा फर्किने सन्देश पठाएका हुुन् । गठबन्धनले आफूलाई उम्मेदवार बनाउने ग्यारेन्टी गरे माओवादीमा फर्किने प्रस्ताव सहितको सन्देश उनले पठाएको खुलेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष उनले यस्तो सन्देश पठाएको खुलेको हो । लामो समय गृहजिल्ला अर्घाखाँची बसेर चुनावी माहोल बनाउन प्रयत्न गरेका रायमाझीले गठबन्धनको उम्मेदवार बनाउने सर्तमा आफू माओवादीमा फर्कन चाहेको सन्देश पठाए पनि माओवादीले भने यसबारे कुनै निर्णय गरेको छैन ।
बिहिबार बिहान माओवादी अध्यक्ष प्रचण्डका प्रमुख स्वकीयसचिव रमेश मल्ललाई आफ्नै निवासमा बोलाएर रायमाझीले यस्तो प्रस्ताव गरेको स्रोत बताउँछ ।
भेटमा उनले गठबन्धनले उम्मेदवार बनाउने ग्यारेन्टी गरेको खण्डमा आफू माओवादीमा फर्किन चाहेको प्रस्ताव प्रचण्डसमक्ष पुर्याउन आग्रह गरेका थिए । रायमाझीले आफ्नै निवासमा मल्लसँगआधा घण्टा छलफल गरेको स्रोतले उल्लेख गरेको छ ।
रोचक त के छ भने, रायमाझीलाई नेकपा एमाले अर्घाखाँचीले प्रतिनिधि सभाको उम्मेदवारका लागि एकल सिफारिस गरेको छ । एमालेमा एकल सिफारिस हुने केहि भाग्यशाली नेतामध्य उनी एक हुन् ।
एमालेमा लागेपछि अध्यक्ष ओलीको निकट बनेका रायमाझी एकाएक माओवादी फर्किने र गठबन्धनको उम्मेदवार बन्ने भन्दै पठाएको यो सन्देशले अहिले खुमलटारमा बहसको वातावरण सृजना गरेको छ ।
एकल सिफारिसमा परेका रायमाझीले एमालेबाट टिकट पाउने पक्का छ । तर गृहजिल्लाको पछिल्लो बसाईले उनलाई झस्का’एको छ । लामो समय जिल्लाको चुनावकेन्द्रित गतिविधिमा दौडिएर काठमाडौं फर्किएका रायमाझीले आफूले गठबन्धनवि’रुद्ध जित्न नसक्ने निष्कर्ष निकालेका छन् ।
अघिल्लो निर्वाचनमा प्रतिस्पर्धीसँग फराकिलो मतान्तरले विजयी भएका उनी हार्ने निश्चित भएपछि माओवादीमै फर्किने प्रस्ताव गरेका हुन् ।
रायमाझीले काठमाडौं फर्केपछि जिल्लाबासी कतिपय नेताहरूसँग लगातार छलफल गरिरहेका छन् तर उनी पहिलेभन्दा स’शंकित देखिने गरेका थिए । स्थानीय निर्वाचनको परिणामपछि हौसिएपनि पछिल्लो अर्घाखाँची बसाइबाट तर्सिएका छन् ।
निर्वाचन नजिकिंदै गएपछि गठबन्धनभित्र राम्रो एकता बनेको र गठबन्धनमा एकले अर्कोलाई अन्त’र्घात नगरे आफूले हार्ने निष्कर्ष उनले निकालेका छन् ।
जिल्लामा गठबन्धन भ’त्काउने, एक समूहलाई अर्कोविरु’द्ध उचाल्ने प्रयासमा लागेका उनी त्यसमा पनि सफल हुन सकेनन् । त्यसमाथि अहिले एमालेमा लामो समय राजनीति गरेका नेताहरूले आफूलाई सघाउने अवस्था नभएको समेत विश्लेषण उनले गरेका छन् ।
स्रोतका अनुसार पछिल्लो जिल्ला बसाइमा उनले गरेको अध्ययन अनुसार गठबन्धन एकतावद्ध भएको खण्डमा १० देखि १५ हजार मतले हार्ने उनको विश्लेषण छ ।

