पूूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आगामी संसदीय निर्वाचनका लागि ब्याक भएका छन् । निर्वाचनमा विजयी बने पनि मन्त्री बन्न नसकिने र प्रधानमन्त्री बन्न नदिने स्थिति भएकोले मात्र भट्टराई उम्मेदवार नबन्ने जस्तो देखिएपनि यसभित्र ठूूलो रहस्य रहेको जानकारहरुको दाबी छ ।
उनले शेरबहादुर देउवा, माधव नेपाल र प्रचण्डलाई आगामी संसदीय निर्वाचनमा आफू उम्मेदवार बन्न इच्छुक नरहेको जानकारी गराएका छन् । केहीअघि गोर्खा–२ मा प्रचण्डले नै उम्मेदवारी दिने चर्चा चलेको थियो, तर अहिले प्रचण्डले चितवनबाटै चुनाव ल’ड्ने निर्णय लिइसकेका छन् ।
अब काङ्ग्रेसका कुनै अस’न्तुष्टलाई उक्त निर्वाचन क्षेत्र दिएर चितवनमा अनुकुल वातावरण बनाउने योजनामा प्रचण्ड रहेको बताइन्छ । चुनावमा बाबुराम भट्टराई आफ्नै छोरीलाई जिताउन लागिपर्ने सम्भावना रहेको बताउन थालिएको छ ।
सो निर्वाचन क्षेत्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि उम्मेदवार बन्ने सम्भावना कम रहेको छ । श्रेष्ठको राष्ट्रियसभामा चार वर्षभन्दा बढी कार्यकाल बाँकी भएकोले उम्मेदवार बन्ने सम्भावना कम रहेको हो ।
बाबुराम भट्टराईलाई उच्च स्तरमा कुनै सं’यन्त्र खडा गरेर सम्मानस्वरुप जागिर दिइन सक्ने सम्भावना छ । तर बाबुराम यसरी पछि हट्नुलाई स्वभाविक मानिएको छैन । उनी अर्को कस्तो खेलको तयारीमा होलान् भन्ने जिज्ञाशा राखिएको छ ।
भट्टराई काङ्ग्रेसको समर्थन लिएर गत निर्वाचनमा गोर्खा क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पराजित गर्दै भट्टराई विजयी बनेका थिए ।

