पूूर्वमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १० वर्षपछि राजनीतिबाट अलग हुने बताएका छन् । उनले आफुले अब १० वर्षमात्रै राजनीति गर्ने र यो समयमा वि’द्रो’ह गरेर भएपनि पार्टीमा शुद्धीकरण ल्याउने बताए ।
शुक्रबार बिहान काठमाडौंको चाबहिलमा आयोजित एक कार्यक्रममा थापाले यस्तो बताएका हुन् । पार्टी भित्र नयाँ सं’घर्षको बोध हुन लागेको बताए । आफ्नो लागि राजनीति गर्ने समय अब १० वर्षमात्र बाँकी रहेको भन्दै उनले कार्यकर्ताहरुलाई नि’राश नबनाउने बताएका छन् । अहिले पूरा प्रणाली नै चुनावदेखि चुनावका लागि भएको उनले टिप्पणी गरेका छन् ।
थापाले डें’गी नियन्त्रणमा कांग्रेस नेतृत्वको सरकारले काम गर्न नसकेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै यसको वास्तविकता बुझाउन पनि ध्यान नदिएको भन्दै असन्तुष्टि जनाए ।
थापाले सरकारले डें’गी निय’न्त्रणमा जसरी काम गर्नुपर्ने थियो त्यसरी नगरेको र जिम्मेवारी पूरा नगरेको दावी गरे । थापाले भने, ‘डें’गी नियन्त्रणमा सरकारले काम गर्न सकेन ।
यो सरकारले जसरी काम गर्नुपर्ने थियो, त्यसरी काम गर्न सकेन । यसमा मेरो ठूलो असन्तुष्टि छ । मैले प्रधानमन्त्रीलाई भेटेर पटक–पटक भनेको छुस योबेलामा सरकारको जिम्मेवारी हो, जनताको जी’उधनको रक्षा गर्ने ।’
को’भिड–१९ नि’यन्त्रण गर्न नसकेको भन्दै ओली नेतृत्वको सरकारलाई दो’ष लगाएको तर आफ्नै सरकार हुँदा पनि डें’गी निय’न्त्रण गर्न नसकेको आ’रोप लगाएका हुन् ।
‘सरकारले डें’गी निय’न्त्रणमा काम गर्न सकेन । हिजो को’भिड–१९ को बेलामा ओली सरकारले काम गरेन भन्यौं । अहिले हाम्रै पार्टीको सरकार छ तर यसले पनि काम गर्न सकेको छैन ।’
सरकारको काम चित्तबुझ्दो नभएको भन्दै उनले आ’पत्कालीन बैठक बसेर देशभरका सरकार बसेर अस्पताललाई डें’गी कसरी हटाउने भनेर काम गर्नुपर्ने बताए । ‘डें’गी नियन्त्रण यो चाडबाडको बेला बढ्छ । सरकारले काम गर्नुपर्छ‚’ उनले भने ।

