नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले दशैंको माहोल सामाजिक सञ्जालमा शेयर गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले व्यंग्य प्रहार गरेका छन् ।
बुधवार डा.भट्टराईकी छोरी मानुसी यमी भट्टराईलेले आफ्नो ट्वीटरमा छोराले दौरा सुरुवाल लगाएको तस्वीर शेयर गरिन् । दशैंको माहोलमा सो तस्वीर उनले शेयर गरेकी थिइन् ।
जसमा थापाले प्रतिक्रिया दिएका छन् । थापाले बाबुरामले दौरा सुरुवाल लगाएको नदेखिएको भन्दै नातिले लगाउँदा भने खुशी लागेको लेखेका छन् ।
उनले लेखेका छन्,’बाजेले दौरासुरुवाल लगाएको खासै देखिएन,नातिले दौरासुरुवाल लगाएको देख्दा खुसी लाग्यो।’ उनले बाबुरामलाई दशैंको शुभकामना समेत दिएका छन् ।
उनले लेखेका छन्: बाजेले दौरा सुरुवाल लगाएको खासै देखिएन, नातिले दौरासुरुवाल लगाएको देख्दा खुसी लाग्यो। विश्रान्ति तिर उन्मुख सहपाठी मित्रलाई सुख, शान्ति र सुस्वास्थको कामना
यो पनिः भट्टराईले प्रत्यक्षतर्फ चुनाव नल’ड्ने घोषणा गरेका छन् । भट्टराईले सोमबार फेसबुकमार्फत आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएका हुन् ।
२०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार व्यक्त गर्दछु, भट्टराईले लेखेका छन्,आगामी २०७९ मंसिर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।
उनले प्रत्यक्ष चुनाव नलडे पनि पार्टीको काम र जनसेवामा निरन्तर खटिरहने प्रतिबद्धता पनि जनाएका छन् । चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन१ कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्नरभन्न सक्छन्।
सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनतारसमाजको सेवा गर्ने साधन हो।
म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु, भट्ट्रराईले जनाएका छन् । भट्टराई गत २०७४ को निर्वाचनमा गोरखाको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकार भित्रको हँसिया हथौडाबाट चुनावी प्रतिस्पर्धा गर्ने निर्णय लिएको नेसपाका अध्यक्ष भट्टराई गोरखा २ का आकांक्षी थिए ।

