नागरिक पत्र, काठमाडौँ। नि’लम्बनमा परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने चढेको विमान त्रिभुुवन विमानस्थलमा ट्राफिकका कारण अ’वतरण गर्न ढिलाई भएको छ ।
केहीबेर अघि काठमाडौं अवतरण गर्नुपर्ने विमान जामका कारण अवतरण गर्न नसकेर काठमाडौंका आकाशमा फन्को लगाइरहेको छ।
कतार एअरवेजको ६४८ नम्बरको उडानमार्फत उनि काठमाडौं आएका छन्। काठमाडौंमा भिजिविलिटिको कमीले काठमाडौंको आकाशमा विमान घुमिरहेको छ। उनले सामाजिक सञ्जालमार्फत नै प्रहरीसमक्ष आत्मस”मर्पण गर्ने पूर्व जानकारी दिइसकेका छन्।

यसअघि बिहीबार राती सामाजिक सञ्जालमा पोष्ट राख्दै सन्दीपले आफू कतार एयरवेजमार्फत आउन लागेको जानकारी दिएका हुन् । यसअघि शनिबार सामाजिक सञ्जालमार्फत नै आफूले आत्मस’मपर्ण गर्ने र नि’र्दोष सावित गर्नका लागि कानु’नी लडा’ई लड्ने बताएका थिए । उनले यसअघि नै असोज २० गते स्वदेश आइपुग्ने जानकारी दिएका थिए ।
उनले आफू स्वेच्छाले स्वदेश फर्कन लागेको जानकारी दिदै प्रहरीलाई यस विषयमा जानकारी गराइसकेको बताएका छन् । सन्दीपले आफूविरु’द्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहगोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् । उनले आफूले न्याय पाउने विश्वास रहेको पनि उल्लेख गरेका छन् ।
सुरक्षाको कारण देखाउँदै सन्दीपले आत्म’समर्प’णका समयमा आफ्ना कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरलेलाई पनि उपस्थितिका लागि स्वीकृति दिन प्रहरीलाई विशेष आग्रह गरेको बताएका छन् ।
भदौ २१ गते एक नाबा’लिगले सन्दीपले आफूलाई ब’लत्कार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । त्यसको केहि दिनमा काठमाडौं जिल्ला अदालतले सन्दीपविरु’द्ध प’क्राउ पु’र्जी जारी गरेको थियो । नेपाल प्रहरीले भने झण्डै दुई साता उनीविरु’द्ध डिफ्यु’ज नोटि’स जारी गरेको थियो ।
आफूविरु’द्ध किटा’नी जाहे’री परेको जानकारी पाएपछि सन्दीपले सामाजिक सन्जालमार्फत आफू नि’र्दोष रहेको र कानुनी ल’डाइ लड्ने जनाएका थिए । राष्ट्रिय क्रिकेट टोलीका साथ सन्दीप भदौ ६ गते केन्या गएका थिए । उनी त्यहिबाट व्यवासायिक क्रिकेट खेल्नका लागि वेस्ट इन्डिज पुगेका थिए ।
केन्या जानु अघिल्लो दिन भदौ ५ गते आफूलाई बल’त्कार गरेको भन्दै नाबालिगले कि’टानी जा’हेरी दिएकी थिइन् । सन्दीपले आफूले न्या’य पाउने र चाँडै देशका लागि क्रिकेट खेलमा फर्कने विश्वास लिएको पनि बताएका छन् ।

