गत बिहीबार (असो २० गते) नेपाल आएलगत्तै प्रहरी नि’यन्त्रणमा पुुगेका क्रिकेटर सन्दीप लामिछानेलाई शनिबार बुवा चन्द्रनारायण र आमा कोपिलादेवी लामिछानेले भेटेका छन् । उनीहरुले शनिबार दिउँसो गौशाला प्रहरी वृ’त्तमा सन्दीपसँग भेट गरेका हुुन् ।
शनिबार नै उनीहरु सन्दीपलाई भेट्न चितवनबाट काठमाडौं आएका थिए । छोराबारे अक’स्मात सोच्नै नसकिने खबर थाहा पाएपछि छाँगाबाट खसेझैँ भएका उनीहरुले सन्दीपले यस्तो काम गर्नै नसक्ने अठोट लिएका छन् । कुराकानीका क्रममा तीनै जना भावुक बनेको जानकारी स्रोतबाट नागरिक पत्रले प्राप्त गरेको छ ।
सन्दीप नेपाल आएर आ’त्मसम’र्पण गरेपछि भारतमा बस्ने उनका दाइ मोहन लामिछाने काठमाडौं आएका थिए । आफूलाई भेट्न आएकाहरूसँग सन्दीपले प्रहरीको व्यवहार र बसाइलाई लिएर कुनै गुनासो नगरेको बताइएको छ । उनले सबैसँग आफू नि’र्दोष रहेको र आ’रोप निरा’धार रहेको दोहोर्याइरहेका छन् ।
सन्दीपले हिरा’सतभित्र सबै कै’दीका लागि पाक्ने खाना नै खाइरहेका छन् । हिजो उनलाई परिवारजनले ड्राइफ्रुट्सका साथै लुगाफाटा पुर्याइदिएका थिए ।
सन्दीपसँग हिजो नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले हि’रासतमा भेटेका थिए । चन्दसँग पनि सन्दीपले आफू नि’र्दोष रहेको भन्दै न्या’यको ल’डाइँमा साथ दिन आग्रह गरे ।
यसैबीच सन्दीपले आफूमाथि लागेको आ’रोपका विषयमा आफ्ना कानून व्य’वसायीलाई सुरुवाती ब्रिफिङ गरेका छन् । सन्दीपको तर्फबाट ब’हस गर्ने तयारीमा रहेका कानून व्य’वसायी सरोज घिमिरेले हिजो उनलाई दोस्रो पटक हिरा’सतमा भेटेका थिए ।
सन्दीपको भनाइ उद्धृत गर्दै घिमिरेले भने, ‘उनले नै भेट्ने चाहना व्यक्त गरेपछि म गएको हुँ, ज’बरज’स्ती होटलमा लगेको कुरा झु’ट्टो हो। ’ घिमिरेका अनुसार किशोरीकै प्रस्तावमा आफूले उनलाई भेटेको सन्दीपको भनाइ छ ।
सन्दीपमाथि आ’रोप लगाउने किशोरी १८ बर्षभन्दा कमको रहेको र नरहेको भन्दै पछिल्लो समय २ वटा कुुराहरु बाहिर आएपनि आधिकारीक रुपमा यसको पुुष्टि हुुन सकेको छैन । उनले जन्मदर्ताको पहिलो प्रतिलिपी निकालेको कुुरा बाहिरिएको छ ।

