राष्ट्रपति विद्यादेवी भण्डारी शनिबारदेखि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा छिन् । उनको स्वास्थ्यमा सुुधार नभएको बताइको छ । ज्व’रो तथा रुघा’खोकी कम नभएपछि उनले आज पनि अस्पतालमै बस्नुुपर्ने भएको छ ।
फिजिसियन डा. निरज बमका अनुसार भण्डारीको आज ‘एक्सरे लगायतको परीक्षण गरिएको छ । परीक्षणको रिपोर्टमा कुनै पनि समस्या देखिएको छैन । १०३ डिग्री ज्वरो आएकाले चिकित्सकहरुले डें’गु संक्र’मणको अनुमान गरेका थिए । नमुना परिक्षणमा डें’गु ने’गेटिभ आएको छ ।
‘हिजो रातिदेखि ज्व’रो, खो’की तथा शरीर दुखाइ बढेको छ । पुनः २४ घण्टाको निगरानीमा राखेपछि मात्रै डिस्चा’र्ज गर्ने कि नगर्ने भन्ने निर्णयमा पुग्न सकिन्छ,’ बमले भने ।
चार दिनदेखि ज्व’रो तथा रु’घाखोकीले थला परेकी उनी स्वा’स्थ्य उप’चारका लागि शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्ज पुगेकी थिइन् ।
यो पनि पढ्नुुहोस्ः पूर्वसभामुख ओनसरी घर्तीले पाइन् टिकट
पूर्वसभामुख ओनसरी घर्तीले टिकट पाएकी छिन् । माओवादी केन्द्रले काठमाडौं २ मा उनलाई मैदानमा उतारेको हो । घर्तीले रुपन्देही १ बाट निर्वाचनमा भाग लिने इच्छा देखाए पनि सो क्षेत्रमा गठबन्धनले घनश्याम भुसाललाई सघाउने भएपछि उनलाई २ बाट टिकट दिएको माओवादीका एक नेताले बताए ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं २ बाट माओवादीका नेता झक्कु सुवेदीले एमालेका पूर्वमहासचिव माधबकुमार नेपाललाई हराएका थिए । अघिल्लोपटक नेपालले जितेको यस क्षेत्रमा योपटक उनी रौतहट १ बाट चुनावमा भाग लिने भएपछि माओवादी केन्द्रले लिएको थियो ।

