नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई अर्का नेपाली राष्ट्रिय क्रिकेटर शाहद आलमले ढाडस दिएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सन्दीप लामिछाने प्रति ऐक्यबद्धता प्रकट गरेका हुुन् ।
आलमले सन्दीप प’क्राउ परेको प्रति दुःख ब्यक्त गर्दै ऐक्यबद्धता जनाएका छन् । उनले फेसबुकमा सन्दीपलाई नेपाली क्रिकेटको ताराको संज्ञा दिदैं चाँडै क्रिकेट मैदानमा फर्कने विश्वास ब्यक्त गरेका छन् ।
आलमले नेपाली जनताले सन्दीपलाई क्रिकेट मैदानमा खेलेको हेर्न चाहेको उल्लेख गर्दै उनीमाथि लागेको आ’रोपमा चाँडै न्याय पाउनेमा आफू विश्वस्त रहेको जनाएका छन् ।
साथै आलमले सन्दीपमाथिको घ’टना कहिल्यै कल्पना नगरेको र आफू स्त’ब्ध बनेको फेसबुकमा उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, प्रिय मित्र सन्दिप । सायद तिमिलाई अहिले के भनेर सम्झिन सकुला र, आज यस्तो दिन आउँला भन्ने कल्पना पनि गरेको थिइन ।
तिमि नेपाली क्रीकेट जगतको तारा हौं । मलाई आशा छ तिम्रो कर्मले तिमि फेरि नेपाली क्रिकेटको जगतमा छिट्टै फर्केर आउने र नेपालको स्तर अझै बढाउदै जानेछौं । नेपाली जनता तिमि खेलेको हेर्ने प्रतिक्षामा छन् र म विश्वस्त छु तिमिले न्या’य पाउनेछौ र त्यो दिन छिट्टै आउने छ ।’

यो पनि पढ्नुुहोस्ः ताइपेइसँगको अन्तिम खेलमा नेपाल परा’जित
एएफसी अण्डर १७ एशियन कप २०२३ को छनौट प्रतियोगिताको तेश्रो तथा अन्तिम खेलमा नेपाल परा’जित भएको छ ।
भियतनामको फु थो प्रोभिन्सियल स्टेडियममा आईतबार दिउँसो भएको समूह ‘एफ’ अन्तर्गतको तेश्रो खेलमा नेपालचाईनिज ताइपेइसँग ४–२ गोल अन्तरले पराजित भएको हो। । हारसँगै नेपालले समूहको पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ ।
ताइपेइका लागि लिन हाई चेङ्गले दुई तथा ताई यान याओ र लु यी टीङ्गले एक एक गोल गरे भने नेपालका लागि कप्तान प्रशान्त लक्सम लिम्बु र धनसिंह विकले एक एक गोल फर्काए ।

