नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अस्थिर भएर बोली फेर्दा केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व सभापति एवं केन्द्रिय सदस्य नैंनसिंह महरले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पाइसकेको टिकट खोसिएको छ । थापाले बिगत नौ महिना देखि काठमाण्डौं ४ नंम्बर बाट जित्न सकिन्छ कि सकिदैन भनेर बिभिन्न ग्रुपमार्फत रिपोर्ट मागि रहेका थिए ।
तर जब सबै रिपोर्टले हालको निर्बाचन क्षेत्र बाट कुनै पनि हालतमा जित्न नसकिने रिपोर्ट थापालाई बुझाए पश्चात् उनको सचिबालयले सर्लाही पार्टी सभापति सुरेन्दर सिंह लगायत संग मिटिंग राखेर सर्लाहि ४ मा निर्बाचन लडने निस्कर्स निकाल्यो । र लगत्तै काँग्रेस सभापति देउवा, उपसभापति खडका , महामन्त्री शर्मा लाई थापाले जानकारी गराएको बालुवाटार स्रोत भन्छ ।
सभापति लगायतका पदाधिकारीको सहमति पछि गगन थापाले सर्लाही ४ का लागि आफ्नो एकल नाम सिफारिस गराएका थिए । संसदीय बोर्डका एक जना सदस्य एवं सहमहामन्त्रीका अनुसार थापाले आफु चुनाव लडन सर्लाही जाने भनेर प्रस्ताव राखेपछि मौखिक रुपले अनुमोदन भै सकेको थियो र थापा शनिबार सर्लाही ४ बाट लड्ने पक्का गरिसकेपछि काठमाडौँ ४ को लागि संसदिय बोर्डले अनौपचारिक रुपमा केन्द्रिय सदस्य नैनसिंह महर लाई उम्मेदवार बनाउने निर्णय अनुसार २३ गते बिहान बिहान टिकट लिन बालुवाटार बाट बोलावट भएको केन्द्रिय कार्यालयका टिकट बितरणमा खटिएका एकजना सचिब बताउछन ।
काठमाडौँमा ध’क्का लाग्न सक्ने डरले शनिबार सर्लाही जाने निर्णय गरिसकेका थापाले काठमाडौँ छोडेर सर्लाही जान हेलिकप्टर तयार गरेको स्रोतले बतायो । स्रोतले भन्यो, ‘उहाँ (महामन्त्री गगन थापा) ले राति नै काठमाडौँ छोडेर सर्लाही जाने बताउनुभएको थियो । सम्भव भए राति नै जाने भनेर हेलिकप्टर पनि बुक गरिसकिएको थियो ।’
सर्लाही काँग्रेस स्रोतका अनुसार थापाले सर्लाही जाने सम्पूण तयारी गरेर रेडी रहेको अवस्थामा थापा मधेष बि’रोधी भएको र थापा लाई कुनै हालतमा सर्लाही छिर्न नदिने र हेलिकेप्टर समेत बस्न नदिने भनेर सर्लाहीका जनता जु’लुस निकाल्न थाले पछि तर, उनलाई सर्लाही छिर्न नदिने भन्दै उनको खि’लापमा हजारौं मान्छेले हस्ताक्षर गरेको खुलेपछि झस्किएका तथा निर्वतमान सांसद अमरेशसिंहले समेत स्वतन्त्र उम्मेदवारी दिन चाल पाए पछि उनले हठात निर्णय फेरेको स्रोतको दाबी छ । राति संसदीय बोर्डमा पनि थापाले सर्लाही जाने वचन दिइसकेका थिए ।
अन्ततः उनले सर्लाहीबाट पनि वि’रोध भएको देखेपछि काठमाडौँमै बस्ने निर्णय गरेका हुन् । दुइवटै सिट आफुतिर तान्न खोज्दा थापाको ह’र्कत देखिएको छ । पार्टीले दिइसकेको टिकट पनि खोसेपछि केन्द्रीय सदस्य महरलाई अन्याय भएको केन्द्रिय सदस्य नगिना यादवको भनाई छ।

