प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जवाफ पठाएका छन् । उनले आज पत्नी आरजु राणा देउवामार्फत आफूविरु’द्ध परेको उजु’रीको जवाफ बुझाएका छन् ।
आसन्न निर्वाचनका उमेदवार देउवाले आफूविरुद्ध परेको उ’जुरीको लिखित जवाफ मंगलबार पत्नी आरजु राणा देउवामार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जवाफ बुझाएका हुन् ।
डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले प्रमाणसहित उ’जुरीको जवाफ आएको बताए । उनले उजुरीमा नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक रहेको उ’जुरी परेको बताए । उ’जुरीको जवाफ २ बजेसम्म दिने समय तोकिएकोमा दुई घण्टा अगाडि नै जवाफ आइसकेको बताए । उ’जुरी उपर छानबिन गर्दै आज साँझ ५ बजेसम्म निर्णय लिने मुख्य निर्वाचन अधिकृत वाग्लेले बताए ।
देउवाले बुझाएको जवाफमा नागरिकताअनुसार नै निर्वाचन आयोगले मतदाता नामावली तयार पारेकाले विवरण प्रविष्ट गर्दा आयोगले नै त्रुटि गरेको उल्लेख गरिएको कांग्रेसका एक नेताले बताए ।
एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उमेदवारी दिएका देउवाको उम्मेदवारी र’द्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उ’जुरी दिएका थिए ।
उजुरीमा नागरिकतामा देउवाको जन्ममिति वि.सं. २००३ साल जेठ ३१ गते र मतदाता नामावलीमा जन्ममिति २००२ साल जेठ ३१ गते रहेको उल्लेख गरिएको थियो ।



