नागरिक पत्र संवाददाता, काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेका समर्थकहरुले माइती नेपाल नाम संस्था अगाडी प्रद’र्शन गरेका छन् । सन्दीप लामिछानेको घटनामा जोडिएकी किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएको समाचार बाहिरिएपछि सन्दीप राष्ट्रको सम्पति भएको र घटनामा प्रभाव पार्न खोजेको भन्दै उनीहरुले आज प्रद’र्शन गरेका हुुन् ।
माइती नेपाल नामक संस्था कुुनै सरकारी निकाय नभएको उनीहरुको भनाई छ । राजनीतिज्ञ तथा अभियान्ता पुुण्य गौतमले भने, ‘नेपालमा व्यक्तिगत स्वतन्त्रता , पढ्ने लेख्ने माइती नेपाल कुुनै सरकारी संस्था होइन, आइएनजिओद्धारा पालिएको पोषिएको , बालिकाले बाहिर आउन चाहेको भए उनलाई स्वतन्त्र छोड्नुुपर्छ ।’
किशोरीलाई माइती नेपालको घेरामा राखेर दबाब दिइरहेको उनको आशं’का छ । यसमा कुुनै ष’डयन्त्र र योजना हुुन सक्ने उनीहरुको भनाई छ । नाबालिकाले आफूू स्वतनत्र रहेको बताउनुुपर्ने उनीहरुले बताए ।
बालिकालाई ब’यान रटाइन लागिएको उनीहरुको दाबी छ । बालिकालाई प्रहरीलाई नै जिम्मा लगाउन पनि उनीहरुले चे’तावनी दिए ।
सन्दीपको पक्षमा आवाज उठाउनेहरुमा पुुण्य गौतम, कलाकार जयकिसन बस्नेत, यज्ञमणी न्यौपाने लगायतका व्यक्तिरु सहभागि देखिन्थे । उनीहरुले माइती नेपालमा निवेदन पनि दिएको बताइएको छ ।
क्रिकेटर सन्दीप लामिछानेमाथि एक १७ बर्षीइ बालिकाले ब’लात्का’रको आ’रोप लगाएकी छिन् । लामिछाने खेलको क्रममा विदेशमा रहेका बेला उनीविरु’द्ध भदौ ५ गते घटना भएको भन्दै भदौ २१ गते गौशाला प्रहरी वृतमा जाहेरी परेको थियो । लामिछाने जोहे’रीको एक महिनापछि असोज २० गते विदेशबाट आएका थिए ।

