धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिलालाई महिनाको तलब दिने घोषणा गरेका छन् । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित फुटपाथबाट हटाएको शर्मीला तामाङलाई उनले एक महिनाको तलब दिने भएका हुन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा तामाङको तस्वीर राख्दै साम्पाङले लेखेका छन्, ‘यी बहिनी को हुन्रु यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे !’
थापाथलीमा ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मीलालालाई काठमाडौं महानगरपालिकाले त्यहाँबाट हटाएको थियो । उनको ठेलागाडा पनि महानगर प्रहरीले नि’यन्त्रणमा लिएको थियो ।
महानगरले हटाएर ठेलागाडा लिएपछि तामाङको पी’डादयी तस्वीर सामाजिक सञ्जालमा व्यापक छाएको थियो । धेरैले काठमाडौं महानगरको उक्त कदमको आलो’चना गरेका थिए ।
सामाजिक सञ्जालहरूमा व्यापक आलोचित बनिरहेको काठमाडौं महानगरको उक्त कदमबारे साम्पाङले प्रतिक्रिया जनाउँदै तलब दिने घोषणा गरेका हुन् ।
यो पनिः शिवजट्टाबाट पानी लैजान चुुनौती
धरानका मेयर हर्क साम्पाङले अन्यत्र पानी लैजान खोजेको भन्दै उपभोक्ताले वि’रोध गरेका छन्। आफूहरुले उपभोग गरिरहेको खानेपानीको मुहानबाट सल्लाह नगरी अन्यत्र पानी लैजान खोजेको भन्दै उपभोक्ताले वि’रोध गरेका हुुन् ।
धरानको शिवजट्टाबाट मेयर हर्क साम्पाङले सहमति नगरी खानेपानी लैजानका लागि निर्माण सामग्री लगेपछि वडा नम्बर ४ र १४ का उपभोक्ताले नारावाजी गर्दै विरो’ध जनाए।
उपभोक्तासँगै धरान वडा नं १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराई र वडा ४ का वडाअध्यक्ष धनबहादुर कुलुङ राई पनि मेयरको योजनाको अव’रोध गर्न पुगेका थिए। स्थानीय उपभोक्ता र मेयर साम्पाङका समर्थकहरुबीच शिवधारा क्षेत्रमा तना’व भएपछि मेयर साम्पाङ आफैँ पुगेका थिए।
उनलाई पनि स्थानीयले ‘घेरा हालेपछि मेयर साम्पाङले उपभोक्ता समितिका प्रतिनिधि र वडाका जनप्रतिनिधिहरुलाई छलफलको लागि कार्यकक्षमा बोलाएका थिए।
मेयर साम्पाङले जनश्रमदानबाट बिहिबारदेखि वडा नं १५ लाई लक्षित गरेर शिवजट्टाबाट पानी ल्याउने काम शुरु गर्न लागेका थिए।
यो थाह पाएपछि स्थानीय उपभोक्ताहरु बिहानैदेखि कोशी राजमार्गसँग जोडिएको शिवजट्टा जाने बाटो शिवधारामा भेला भएका थिए। स्थानीयको च’र्को विरो’ध तथा दबाबपछि मेयर साम्पाङले मुहान क्षेत्र परिवर्तन गर्न सहमत भएका छन्।

