नेपाली राष्ट्रिय टिमका नि’लम्बित कप्तान तथा विश्वविख्यात क्रिकेटर सन्दीप लामिछाने झण्डै २ सातादेखि प्रहरीको नि’यन्त्रणमा रहेका छन् । उनीमाथि प्रहरी अनु’सन्धान भइरहेको छ ।
गत असोज २० गते कतार एयरवेजको जहाजमा दोहाबाट नेपाल आएको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प’क्राउ परेपछि उनी अहिले प्ररहीको हि’रासतमा रहेका छन् ।
उनीविरु’द्ध बुधबार तेस्रो पटक म्याद थप गरिएको छ । म्याद थप गरेर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।
उनीवि’रुद्ध यसअघि पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन हि’रासतमा राखी अनुस’न्धान गर्न जिल्ला अ’दालत काठमाडौंले अनुमति दिएको थियो । अनुु’सन्धान नसकिएकाले अझै केही दिन म्या’द थपको माग गरिएको प्रहरीले जानकारी दियो ।
काठमाडौंस्थित प्रहरी वृत्त गौशालाले उनीविरु’द्धको अनु’सन्धान अगाडि बढाएको छ । गौशालाकै हिरा’सत कक्षमा अन्य थु’नुवासँगै सन्दीपलाई पनि राखिएको छ ।
अन्य थुनु’वासँगै रहेका सन्दीप प्राय अरुसँग कुरा गर्दैनन् । एक प्रहरी अधिकारीले भने,“परिवारका सदस्यहरु र उनका कानुन व्यावसायी भेट्न आउँछन् । प्रहरीकै क्यान्टिनमा खान्छन् । नि’रास देखिन्छन् । अन्य थु’नुवाहरुसँग पनि त्यति बोल्दैनन् ।”
गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपवि’रुद्ध ब’ला त्कारको जा’हेरी परेको थियो । सन्दीपले भदौ ५ गते होटेल काठमाडौं इनमा लगेर एक ना’बालिगमाथि पटक–पटक बला’त्कार गरेको जाहे’रीमा उल्लेख छ ।
सानै उमेरमा यस्तो ठूूलो आ’रोप लागेपछि उनले आफैँ पनि केही समयअघि आफूू मा’नसिक रुपमा कमजोर भएकाले आ’इसोलेसनमा बसिरहेको बताएका थिए । घटनाका कारण उनी फ’स्न सक्ने भन्दै नि’रास भएको स्रोतको दाबी छ ।

