नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको भागेश्वरको एक वडा समितिले चालेको कदमले पार्टी पंक्तिमा हलचल भएको । प्रधानमन्त्री समेत रहेका सभापति देउवाकै जिल्लामा एक वडा समिति निर्वाचन बहिष्का’रको पक्षमा उभिएको छ ।
भागेश्वर गाउँपालिका-५ को नेपाली कांग्रेसको वडा समितिले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहि’ष्कार गर्ने निर्णय गरेको जानकारी दिएको हो ।
वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहि’ष्कार गर्ने र कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जंगबहादुर थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासको लागि राखेका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिष्कार गर्ने कुनै पनि उम्मेदवारलाई भोट नदिने निणर्य बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ,’ थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वडा कमिटीले ती माग सम्बोधनका सम्बन्धमा अब जिल्लास्तरका नेताहरुसँग नभएर सोझै प्रधानमन्त्री शेरबहादुर देउवासँगमात्र कुरा गर्ने कुरासमेत उल्लेख गरिएको छ ।


