दोहोरी गायक-गायिका बबिता बानिया ‘जेरी’ र शंकर क्षेत्रीको डि’भोर्स कानुुनी रुपमा अन्तिम चरणमा छ । उनीहरु दुुवैले अलग्गिने सहमति गरिसकेका छन् । आइतबार जेरीले आफ्नो वर्थ डे शंकरसँगै मनाएकी छिन् ।
काठमाडौं जिल्ला अदालतमा श्रीमतीविरु’द्ध डिभो’र्सको मु’द्दा दायर गरेका शंकर सहृदयी रूपमा जेरीको जन्मदिनको कार्यक्रममा सरिक भए । शंकरकै योजनामा जुनकिरी रोधी क्लबमा जन्मदिन समारोह आयोजना गरिएको थियो ।
जेरीले जन्मदिनको पहिलो केक शंकरलाई नै खुवाइन् । शंकरले पनि जेरीलाई खुवाए । तर, सम्बन्ध विच्छेदको प्रसंगका कारण जन्मदिनको समारोह समग्र रूपमा भा’वुक बनेको थियो । उपस्थित कलाकारहरूको आँखामा आँ’शु थियो ।
अहिलेसम्म सम्बन्धविच्छे’द नभइसकेको बताए पनि यो अब टर्न नसक्ने उनीहरूले संकेत गरे । सञ्चारकर्मी कमल सरगमसँग उनीहरूले आफूहरूको सम्बन्धबारे खुलेर कुराकानी गरेका थिए ।
दुवैले आपसी समझदारी र सहमतिमै सम्बन्ध टुंग्याउन लागेको बताए । यद्यपि, सम्बन्ध विच्छे’दका लागि जेरीभन्दा शंकरको बढी रुची रहेको सो वार्तालापबाट बुझ्न सकिन्थ्यो ।
जेरीले डिभो’र्सपछि आफू विदेशिने सोचमा रहेको बताइन् । ‘म वा उहाँमध्ये एकजना विदेश जाने निश्चित छ,’ जेरीले भनिन्, ‘सायद म नै जान्छु होला ।’
जेरीको सहारामा शंकरले आफूलाई दोहोरीमा स्थापित गराएको भनेर आएका कमेन्टहरूप्रति पनि सरगमले जिज्ञासा राखेका थिए । शंकरले त्यसलाई स्वीकार गरेनन् ।
उनले भने, ‘कसैको सहाराले मात्र सफल भइन्छ भन्ने गलत हो । आफ्नो क्षमता पनि चाहिन्छ । मेरो कारणले पनि उहाँलाई केही हेल्प भयो होला ।’
जेरीले पनि आफूहरू दुवैले एक-अर्काको सपोर्ट पाएको बताइन् । संघर्षको अवस्थामा आफूहरू भेट भएको भन्दै उनले दुवैजना एकअर्काको सहारा बनेको उल्लेख गरिन् ।
जेरी र शंकर सम्बन्ध वि’च्छेद टुंग्याउनका लागि बिहिबार अदा’लत गएका थिए । तर, भाषिक व्यहोरा नमिलेर उनीहरूले सम्बन्ध वि’च्छेदमा हस्ताक्षर गर्न पाएनन् ।
अदालतले हिजो आइतबार बोलाएको थियो । तर, आइतबार आफ्नो जन्मदिन परेकाले अ’दालत नगएको जेरीले बताइन् । आजबाट अदालत बिदा भएकाले अब तिहारपछि मात्रै उनीहरूको सम्बन्ध वि’च्छेद टुंगिने भएको छ ।
शंकरले पाँच बर्ष पुुग्दासम्म छेरी आमासँगै रहने र त्यसपछि आफ्नो दाबी रहन सक्ने संकेत गरे उनले भने, ‘छोरीको कुरा पनि छ । छोरी पाँच वर्ष नपुगेसम्म का’नूनीरुपमा आमासँगै रहने हो । भोलि जोसँग पनि हुन सक्छ ।’

