क्रिकेटर सन्दीप लामिछानेको र पनि प्रहरी हिरा’सतमै बित्ने भएको छ । तिहार बिदाको समयमा अदालत बन्द हुुने भएकाले कार्तिक १४ गतेपछि मात्रै उनीमाथि मु’द्धा दाय हुनेछ । यसअघि, सरकारी वकिल कार्यालयमा सन्दीपको बयान गराइएको थियो। बयानका क्रममा उनले किशोरीले नै बोलाएर गएको बताएका छन्।
सन्दीपले क्रिकेटर साथी मार्फत चिनजान भएको र किशोरीले १८ वर्ष माथिको भएको बताए । उनले किशोरीले आफ्नो घरायसी समस्या बताउँदा भावुक भएको बयान दिएका छन्।
सुरुमा लामिछानेका साथीसँग किशोरीको चिनजान भएको थियो । ती किशोरीसँग एक क्रिकेटरको प्रे’मिकामार्फत चिनजान भएको कुरा उनले वकिलहरूलाई बताएका छन् । उनै साथीमार्फत किशोरी लामिछानेको सम्पर्कमा पुगेकी थिइन् ।
किशोरीको पारिवारिक अवस्था पनि समस्याग्रस्त’ रहेकाले उनी काठमाडौँको एक होस्टेलमा बसेर कलेज पढ्ने गरेको बताइएको छ । अहिले उनी माइती नेपालको संरक्षणमा रहेकी छिन ।
एक महिनाअघि मात्र दोहोरो चिनजान भएका उनीहरूबीच त्यसपछि सामाजिक सञ्जालमा कुराकानी र फोटो आदान प्रदान हुने गरेको थियो । पछिल्लो समय आफू केन्या जान लागेको भन्दै लामिछानेले किशोरीसँग भेट्न चाहेका थिए ।
त्यही भएर उनको आग्रहलाई नकार्न नसकेर नगरकोट गएको हो’, सन्दीपले ब’यानमा भनेका छन्। राति होटलमा एउटै को’ठामा सुते पनि आफू रात’भर नसुतेको कु’र्सीमै बसेको र किशोरी मात्रै बे’डमा सुतेको बताउँदै ब”लात्का रको आ’रोपको खण्डन गरेका छन्।
आफूलाई फ’साउने नियतले यस्तो आ’रोप लगाएको सन्दीपको ब’यान छ। सन्दीपलाई ती किशोरीसँग चिनजान गराउने अर्का क्रिकेटरसँग प्रहरीले सोधपुछ गरेको छ। उनले प्रहरीलाई बताएको कुुराबारे केही खुुलेको छैन ।

