निर्वाचन आयोगले शीर्ष नेताबारे सामाजिक सञ्जालमा ‘नो नट अगेन’ लेख्नेलाई कार’बाही गर्ने चेता’वनी दिएको २४ घण्टाभित्रै नेकपा एमालेका नेता डा.भीमबहादुर रावलले काउन्टर दिएका छन् । उनले आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार तथा अभिव्यक्ति स्वतन्त्रता र १९ को संचारको हक वि’रुद्धमा भएको बताएका हुुन् ।
रावलले निर्वाचनमा शीर्ष नेतालाई भोट नगरौं भन्ने अभिव्यक्तिप्रति दिएको चेताव’नीमा आ’पत्ति जनाए । नेता रावलले कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानिएका नेतालाई निर्वाचन अघि नै विजयी घोषणा गरिदिए कसो होला भनेर प्रश्न गरेका छन्।
मंगलबार साँझ निर्वाचन आयोगले एक सूचना जारी गर्दै शीर्ष नेताबारे सामाजिक सञ्जालमा ‘नो नट अगेन’ लेख्नेलाई कारबा’ही गर्ने चे’तावनी दिएको छ। यस्तो गतिविधि गर्नेलाई पाँच लाख रुपैयाँसम्म ज’रिवाना र ‘कैद गर्ने चेता’वनी दिँदै आयोगले त्यस्ता पेज तथा ग्रुपहरु बन्द गर्न निर्देशनसमेत दिएको छ।
यसै सन्दर्भमा नेता रावलले आपत्ति जनाउँदै अहिले नै शीर्ष भनिएका नेतालाई विजयी घोषणा गरे कसो होला भन्दै निर्वाचन आयोगलाई प्रश्न गरेका हुन्।
उनले भनेका छन्, ‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले शीर्ष ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ? यद्यपि आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक वि’रूद्ध छ।’

