क्रिकेटर सन्दीप लामिछानेको तिहार हिरा’सतमै बितेको छ । उनीमाथिको प्रहरी अनुसन्धान सकिएको छ । अब सोमबार सरकारी बिदा सकिएसँगै अदालत खुुल्दैछ । उनीविरु’द्ध अदालतमा मु’द्दा दायर हुनेछ ।
गत २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प’क्राउ परेका लामिछाने शुक्रबारसम्म २३ दिन प्रहरी हि’रासतमा बसिसकेका छन् ।
ज’बर्जस्ती क’रणी मु’द्दामा प्रहरीले अधिकतम २५ दिनसम्म मात्र थु’नेर अनुसन्धान गर्न पाउँछ । तर, तिहार र छठको एक साता लामो बिदाका कारण सन्दीप २५ दिनभन्दा लामो समय हिरास’तमा बस्नुपर्ने भएको छ ।
प्रहरीले अनुसन्धान सकाएर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सोही अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मु’द्दा दायर गर्नेछ ।
सन्दीप वि’रुद्द प्रहरीले तीन पटकसम्म सात दिन, पाँच दिन र चार दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो। त्यस्तै त्यसपछि अदालतबाट दुई दिन म्याद थपिएको थियो।
उनी यतिखेर महानगरीय प्रहरी वृत्त गौशालामा छन्। प्रहरीले कानुनत कुनै पनि अभि’युक्तलाई अनुसन्धानको क्रममा के’स हेरेर हिरा’सतमा राख्नसक्छ।
असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नि’यन्त्रणमा लिएको हो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थल अवतरण गरेका थिए। विमानस्थलबाट उत्रिने बित्तिकै अध्यागमन कार्यालयले सन्दीपलाई विमानस्थल प्रहरीलाई जिम्मा लगाएको थियो।
१७ वर्षीया किशोरीलाई क’रणी गरेको उजु’री प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्क’टमा पुगेका हुन्। उ’जुरी लगत्तै प्रहरीले लामिछाने विरु’द्ध प्रमाण सङ्कलन गर्न शुरु गरेको थियो।
भदौ ५ गते कप्तान लामिछानेले किशोरी’लाई बोलाएर होटलमा लगेर क’रणी गरेको उजु’रीमा उल्लेख छ। प्रहरीमा परेको उजु’री अनुसार साँझ लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए।
त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशालाको एक होटेलमा पुगेका थिए। होटलमा लामिछानेले ज’बरज’स्ती गरेको बालिकाको दाबी छ ।
सन्दीप लामिछानेले सानो उमेरमै करोडौँ दाम र नाम कमाएका थिए । उनलाइ बन्द प्रशिक्षणमा छँदा नेपाल क्रिकेट संघले निगरानीमै राखेको भएपनि क्याम्पबाट बाहिरिएपछि उनले आत्मानुुशासन कायम गर्न नसकेको देखिन्छ । जोसमा होस गुमाएको ठ’हर भएमा उनको भविष्य अन्धकारमय हुने देखिन्छ ।
सन् २०२०मा सन्दीप लामिछाने सर्वाधिक मूल्यमा अनुबन्धित भएका थिए। क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा लामिछाने एक करोड भन्दा बढी मूल्यमा अनुबन्धित भए।
सन्दीपले आफ्नो मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए। सन्दीपले पहिलो पटक सेन्ट किट्स एण्ड नाभिस प्याट्रियट्सबाट खेलेका थिए भने दोस्रो पटक बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए। पहिलो पटक पाँच हजार डलरमा खेलेका सन्दीपले दोस्रो पटक एकै पटक ७० हजार मूल्यमा खेले।

