क्रिकेटर सन्दीप लामिछाने र उनीवि’रुद्ध ज’बरजस्ती क’रणीको ‘जाहेरी दिने किशोरीको बयान आकाश पातालको फरक देखिएको छ । किशोरीले आफूमाथि दुईपटक ज’बरजस्ती क’रणी भएको बयान दिएकी छिन् ।
जाहेरीमा किशोरीले आफू निदाएको बेला आफूमाथि ज’बरजस्ती क’रणी भएको र पहिलो ‘करणी भएको एक घण्टापछि पुनः आफूमाथि बलात्का”र भएको आ’रोप लगाएकी छिन् ।
सन्दीपले आफूलाई नगरकोटमा पुराएर त्यहीँसमेत राख्न खोजेकामा आफू त्यहाँ बस्न अस्वीकार गरी गाडीबाट नओर्लिएपछि आफूलाई काठमाडौँ ल्याएर होटल काठमाडौँ इनको कोठा नम्बर ३०५ मा दुईपटक ब”लात्कार गरिएको बताएकी छिन् ।
यता, लामिछानेले पी’डित भनिएकी किशोरी र आफू राति एउटै कोठामा रहे पनि शारी”रिक सम्बन्ध नराखेको बयान दिएका छन् । नगरकोटबाट फर्कने क्रममा आफूले होस्टलमै निजलाई छोडिदिने उद्देश्यले होस्टेलको लोकेसन माग्दा निजले होस्टल बन्द भइसक्यो भनेपछि ‘होटल काठमाडौँ इन’ मा फोन गरी कोठा बुक गरिदिएको सन्दीपको भनाइ छ ।
उक्त होटलमा पुगेपछि आफूले निजलाई ‘तिमी जाँदै गर, म गाडी पार्किङ गरेर आउँछु’ भनेपछि निज गाडीबाट आफ्नो मोबाइल र मास्क लिई गएको र आफू गाडी पार्किङ गर्न गएको सन्दीपले बयानमा उल्लेख गरेका छन् ।
‘मैले गाडी पार्किङ गरी होटलभित्र छिरी कोठाको बारेमा सोध्दा निजले कोठाको चाबी लिई पहिले नै कोठा नम्बर ४०७ मा गएकी रहिछन्, त्यसपछि म त्यही कोठामा गएँ,’ बयानमा सन्दीपले भनेका छन् ।
कोठामा एसी नचलेका कारण निज किशोरीले नै कोठा चेन्ज गर्न आग्रह गरेको र निजले भने अनुसार आफूले होटलको रिसेप्सनमा पुगेर अर्को कोठाको चाबी लिएर करिब २३ः५५ बजेतिर ३०५ नम्बरको कोठामा गएको सन्दीपको भनाइ छ ।
‘कोठामा पुगिसकेपछि म कुराकानी गर्नका लागी कुर्चीमा बसेँ भने म पछि निज आएर कोठाको ढोका लगाई भित्रबाट लक गरेकी थिइन्,’ बयानमा सन्दीपले भनेका छन्, ‘मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन, इट्स ओके भन्दै जवाफ फर्काइन् ।
मैले यो कुरालाई सामान्य रूपमा लिएर कुर्चीमा बसिरहेँ भने निज बेडमा बसिन् र कुराकानीकै बिचमा म फ्रेस हुनका लागि बाथ’रुम गई पुनः कुर्चीमा आई बसेँ ।’

