क्रिकेटर सन्दीप लामिछानेको तर्फबाट बहस गर्न पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ लगायतको टीम बनेको छ । काठमाडौं जिल्ला अदालतमा दायर भएको सन्दीपविरुद्धको मु’द्दामा आजबाट हुने थुन’छेक बहसका लागि उनीलगायतको बलियो टीम बनेको हो ।
वरिष्ठ अधिवक्ताहरु लभ मैनाली, कृष्ण सापकोटा र सरीता भण्डारीले सन्दीपको पक्षबाट बहस गर्नेछन् । यसैगरी मुरारी सापकोटा र सरोज घिमिरे पनि टीममा छन् ।
यसअघि सुरुदेखि सन्दीपलाई सरोज घिमिरेले कानूनी सहयोग गर्दै आएका थिए । सन्दीपलाई म्याद थप गर्न अदालत लगिँदा घिमिरे र अर्की अधिवक्ता सुधा रिजालले बहस गरेका थिए । तर, रिजालले सञ्चारकर्मीसँग विवा’दित अभिव्यक्ति दिएपछि उनलाई सन्दीपको परिवारले टीममा राख्न चाहेको छैन ।
रिजालले सुरुमै सन्दीपको सहमति लिएर व’कालतनामा लेखाएकी थिइन् । तर, अहिले सन्दीपका परिवारजनले उनलाई आफ्नो फि लिएर मु’द्दा छोड्न अनुरोध गरेको बुझिएको छ ।
यसैगरी घिमिरे पनि तत्काल बह’समा उपलब्ध नहुने भएका छन् । उनी एउटा कार्यक्रमका सिलसिलामा अमेरिका पुगेको बुझिएको छ । सन्दीपको थुनछेक बहस भोलि सुरु हुँदैछ ।
अनुभवी र खारिएका वकिलहरुका लागि हायर गर्न सन्दीपले मोटो रकम खर्च गर्नुपरेको छ । सन्दीपका लागि वकिलहरुको चाँजोपाँजो र आर्थिक व्यवस्थापनको काम उनका दाजुले गरिरहेका छन् । सन्दीपका बुवाआमा भने चितवनमै छन् । स्वास्थ्य अवस्था राम्रो नभएकाले उनीहरु प्रायः छोरीको घरमा बसिरहेका छन् ।
पीडि’तको नामबाट सुनीता रेग्मीको नाममात्र आएको छ । उनी वरिष्ठ अधिवक्ता हुन् ।

